सुवास नेम्वाङ

जनताले एमालेको आवश्यकता महसुस गरेका छन् : नेम्वाङ access_timeसाउन २१, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले गठबन्धन सरकार संसदीय मूल्य मान्यता अनुरुप चल्न नसकेको आरोप लगाएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा दाङले शनिबार घोराहीमा आयोजना गरको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले प्रतिपक्ष दल नेकपा एमाले जिम्मेवारी पूर्वक प्रतिपक्...

‘मङ्सिरमा चुनाव गर्ने कुरामा सरकारमाथि आशङ्का छ’ access_timeसाउन १०, २०७९

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गठबन्धन सरकारले आगामी मङ्सिरमा चुनाव गर्ने कुरामा आशङ्का कायमै रहेको बताएका छन् । ‘फलानो मितिमा चुनाव घोषणा हुन्छ भन्दाभन्दै अब त अन्तिम चार गतेपनि कटिसक्यो, चुनावको टुङ्गो छैन’ नेम्वाङले भने, ‘आजभोलि हल्ला सुन...

एमालेले उपसभामुखको निर्वाचनमा लोसपालाई सघाउने access_timeअसार ३०, २०७९

नेकपा एमालेले उपसभामुखमा लोसपालाई सघाउने भएको छ । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले लोसपाले उम्मेदवार बनाउने भनेकाले उनीहरुको उम्मेदवारलाई सघाउने बताए ।  ‘लोसपाले चन्दा चौधरीलाई उम्मेदवार बनाउने भनेको छ । उनीहरुको संसदीय दलको बैठक...

सुवास नेम्वाङले आफैँ पढेको क्याम्पसबाट मतदान गर्ने access_timeबैशाख २९, २०७९

 नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले गृहनगर इलामबाट स्थानीय तह निर्वाचनको मतदान गर्ने भएका छन् । संविधानसभा अध्यक्ष समेत रहेका नेम्वाङले इलाम नगरपालिका वडा नम्बर ७ स्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलबाट मतदान गर्ने जानकारी दिए ।  उक्त क्या...

निर्वाचन आयोगले जारी गरेको आचारसंहितामा एमालेले पोख्यो असन्तुष्टि access_timeचैत २३, २०७८

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति प्रमुख प्रतिपक्षी दल एमाले असन्तुष्ट देखिएको छ । मंगलबार आयोगले ७९ दललाई आयोगमा बोलाई आचारसंहिता पालना गर्ने प्रतिज्ञापत्रमा हस्ताक्षर गर्न लगाएपनि एमाले हस्ताक्षर नगरी फर्किएको...

स्थानीय चुनावबारे सुवास नेम्वाङको प्रतिक्रिया– अब यसलाई नाकको कुरा बनाउनुहुँदैन access_timeमाघ १५, २०७८

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले जेठभित्र चुनाव गर्न सत्ता गठबन्धन सहमत हुनु सकारात्मक रहेको प्रतिक्रिया दिएका छन् । जेठभित्र चुनाव गर्न सत्ता पक्ष सहमत भएकोबारे प्रतिक्रिया दिँदै नेम्वाङले भने, ‘चुनाव हुने कुरामा खुसी मान्नुपर्छ, य...

संसद् विघटनको हिसाब आगामी चुनावमा हुन्छ : सुवास नेम्वाङ access_timeपुस २, २०७८

नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ शुक्रबार इलामस्थित आफ्नो निर्वाचन क्षेत्रतिर जाँदैछन् । इलाम जानुअघि रातोपाटीले नेम्वाङसँग संसद्मा भइरहेको अवरोध, सर्वोच्च अदालतको प्रकरणबारे एमालेको धारणा अनि दसौँ महाधिवेशनको समीक्षा लगायतका विषयमा कुर...

संविधानबाट धर्मनिरपेक्षता, समावेशिता कुनै हालतमा हट्न सक्दैन : नेम्वाङ access_timeअसोज ३, २०७८

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले संविधानबाट लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिता हट्न नसक्ने बताएका छन् । आइतबार संविधान दिवसका अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै उनले केही राजनीतिक दलले संविधानका ती प्रावधान हटाउने विषयमा छलफल गरेको सुनिएको ...

देउवालाई बधाई दिँदै नेम्वाङले भने– सिंहदरबारको ढोकामा चेप्टिएको हिजो अस्ति जस्तै लाग्छ ! access_timeसाउन ८, २०७८

नेकपा एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले विगतमा जस्तो सांसदहरू सिंहदरबारको ढोकामा चेपिनुपर्ने अवस्था आउन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिँदै नेता नेम्वाङले विगतमा सांसदहरूल...

निर्वाचन आयोगसँग छलफलपछि सुवास नेम्वाङले भने, ‘आयोगले आधिकारिकता टुङ्गो लगाइसक्यो’ access_timeमाघ १६, २०७७

काठमाडौं । नेकपाका केपी शर्मा ओली पक्षीय नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन् । शुक्रबार आयोगले बोलाएको छलफलमा सहभागी हुन कान्तिपथस्थित कार्यालय पुगेका नेम्वाङले बाहिरिने क्रममा नेकपा विवादमा आयोगले आधिकारिकता टुङ्गो लग...

किन मौन छन् नेम्वाङ ? access_timeपुस २२, २०७७

  काठमाडौं । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था प्रतिनिधिसभा पुस ५ गते हठात रुपमा भंग भएपछि सिंगो मुलुक आन्दोलित छ । प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको उक्त कदमले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र नै धरापमा पार्ने भन्दै राजनीतिक दल, नागरिक समाज, पेशागत संघ...

ओली–प्रचण्ड संवादहीनताको एक साता : सुवास नेम्वाङ भन्छन्, ‘भन्न नहुने अवस्था छ’ access_timeसाउन २७, २०७७

काठमाडौँ । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि रोकिएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संवाद हुन छाडेको एक साता बितेको छ ।  साउन २० गते मङ्गलबारपछि ओली र प्रचण्डबीच संवाद नै हुन नसके...

सुवास नेम्वाङले यसरी मनाए जन्मदिन access_timeफागुन २८, २०७६

काठमाडौं । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो ६८ औ जन्मदिन मनाएका छन् । नेकपा संसदीय दलको कार्यालयमा केक काटेर उनको जन्मदिन मनाइएको हो । कार्यक्रममा युवा संघ नेपालले केकको ब्यवस्थापन गरेको थियो । नेता नेम्वाङलाई जन्मदिनको शुभकामना दिन मत्र...

संविधान संशोधनले बामदेव कमरेडको पनि हित गर्दैन : सुवास नेम्वाङको अन्तरवार्ता access_timeफागुन १२, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन गर्न पार्टीभित्र कार्यदल गठन गरेको कुरा आइतबार एकाएक भाइरल भयो । राष्ट्रियसभा सदस्यलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधनको गृहकार्यका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा तीन स...

संवैधानिक इजलासलाई कार्यान्वयनमा ल्याउने कुनै विवाद छैन : सुवास नेम्वाङ access_timeमाघ १०, २०७६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका नेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संवैधानिक इजलासलाई कार्यान्वयनमा ल्याउने विषयमा कुनैपनि विवाद नै नरहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित संवैधानिक न्यायको सन्दर्भमा संवैधानिक वेन्चको चुनौती विषय सम्बन्...

विप्लवलाई सुवास नेम्वाङको आग्रह : आउनुस्, हामी संविधानमार्फत परिवर्तनको दिशामा जाऔँ ! access_timeकात्तिक ११, २०७६

काठमाडौँ– नेपालको राजनीतिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता एवं स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङको पहिचान अलि फरक छ । समकालीन नेताहरूमध्ये नेम्वाङ शालीन र कहिल्यै रिसाउन नजान्ने नेताका रूपमा चिनिन्छन् । मुलुकको सङ्क्रमणकालीन राजनीतिक ...

राजनीतिज्ञमा निष्ठाको खाँचो छ: पूर्वसभामुख नेम्वाङ access_timeकात्तिक ६, २०७६

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका नेता सुवास नेम्वाङले राजनीतिज्ञमा प्रष्ट वैचारिक दृष्टिकोण, सामाजिक आदर्श र निष्ठाको खाँचो रहेको बताएका छन् । चन्द्रबहादुर गुरुङ स्मृति अध्ययन प्रतिष्ठानले चन्द्रबहादुर गुरुङको चौंथो स्मृतिसभामा आज आयोजित कार्यक्रममा उनले  तत्का...

एनआरएनलाई नेपाली नागरिकले पाए जतिको अधिकारसहितको नागरिकता : सुवास नेम्वाङ access_timeअसोज २८, २०७६

काठमाडौं– संविधानसभा अध्यक्ष सुवास नेम्वाङले गैरआवासीय नेपालीका लागि नेपाली नागरिकले पाउने बराबरको आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार सहितको गैरआवासीय नागरिकता दिइने बताएका छन् ।  काठमाडौंमा जारी गैरआवासीय नेपाली संघको नवौं अधिवेशन अन्तर्गत गैरआवा...

सुवास नेम्वाङद्वारा सभामुख पद अस्वीकार access_timeअसोज १७, २०७६

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी नेकपाबाट सांसद बनेका कृष्णबहादुर महराको राजीनामासँगै अब राज्यको पाँचौँ वरियताक्रममा रहेको सभामुख पदको जिम्मेवारी कसले पाउँछ ? भन्ने चासो र चर्चा राजनीतिक वृत्तमा सुरु भएको छ ।  यसअघि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस...

जनताको मन जितेर नै संविधान परिमार्जन गर्न सकिन्छ: पूर्वसभामुख नेम्वाङ access_timeअसोज १३, २०७६

काठमाडौं– पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान संविधान जनता आफैँले निर्माण गरेको संविधान भएको बताएका छन् । उनले जनताको मन जितेर नै परिमार्जन गर्न सकिने बताए । आज यहाँ तेस्रो जिल्ला सभाको उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता समेत...

Page 1 of 2