केन्द्रीय संस्करण

सलह

मकै र धानबालीमा सलहको झुण्ड access_timeसाउन २५, २०७७

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको तमाने र खबरा क्षेत्रमा सलहले मकै तथा धानबाली नष्ट गरेको छ । एक महिनाअघि धवलागिरि हिमालको फेदीतिर देखिएको सलह यतिबेला तल्लो म्याग्दीको समथरफाँटमा छपक्कै देखिएको छ । सलहले बालीनाली नष्ट गरेपछि यहाँका किसान चिन्तित भ...

उत्तरतर्फ लागेको सलहको शक्ति कमजोर बन्दै access_timeसाउन १०, २०७७

मुलुकमा प्रवेश गरेको सलहको विखण्डित झुण्ड उत्तरदिशातर्फ लागेसँगै शक्ति कमजोर बन्दै गएको छ । हावाको गतिअनुसार उत्तरतर्फ लागेको झुण्ड चिसोका कारण बालीनाली नाश गर्ने शक्ति प्रशिक्षण हुँदै गएको कृषि तथा पशुपक्षी मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले...

नेपालमा सलह पुनः सक्रिय, शुक्रबारसम्म जोखिम access_timeसाउन ८, २०७७

काठमाडौं – वर्षा कम भएसँगै असार २८ गते नेपाल प्रवेश गरेका सलह पुनः सक्रिय देखिएका छन् । वर्षा कम भएसँगै मङ्गलबार साँझ गुल्मी र स्याङ्जाको आकाशमा सलहको झुण्ड देखिएका हुन् । मङ्गलबार साँझ स्याङ्जाको आकाश भएर सलहको झुण्ड तनहुँतिर लागेको प्लान्ट क्वारेन्टिन तथा विषादी ...

सलहको झुण्ड प्युठान पुग्यो access_timeअसार २९, २०७७

बुटवल । भारतबाट दाङ हुँदै प्रवेश गरेकोे सलहको नयाँ झुण्ड सोमबार प्युठान जिल्लाका विभिन्न स्थानमा पुगेको छ । हिजो दिउँसो दाङको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा भारतबाट नयाँ सहलको झुण्ड प्रवेश गरेको थियो  । त्यो झुण्ड अहिले  प्यूठानका विभिन्न ठाउँहर...

जुम्लामा पुग्यो सलहको झुण्ड, बाली खान थाल्यो access_timeअसार २८, २०७७

जुम्लामा पनि सलह पुगेको छ । छिमेकी जिल्ला रुकुम र जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको सलह जुम्लामा पनि पुगेको हो ।  यहाँको पातारासी गाउँपालिका १ र २ का केही बस्तीमा सलह किराको झुण्डहरु प्रवेश गरेको भेटिएको स्थानीयले बताएका छन् ।  सलहले मकै,...

नेपालमा सलहको नयाँ झुण्ड प्रवेश, प्रदेश ५ मा सलह देखिएपछि किसान चिन्तित access_timeअसार २८, २०७७

बुटवल । सलहको नयाँ झुण्ड नेपाल प्रवेश गरेको छ । आज विहान भारतको उत्तर प्रदेशका सितापुर तथा बहराइच क्षेत्रमा रहेका सलहका झुण्डहरुमध्ये एउटा झुण्ड दाङ जिल्लामा प्रवेश गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाँईले जानकारी दिएका छन् । दाङको...

के साँच्चै सलह खान हुन्छ त ? access_timeअसार २०, २०७७

काठमाडौं – कोरोना भाइरसको आतङ्कले विश्वलाई थिचिरहेका बेला नेपालमा सलहको आतङ्क थपिएको छ । कोरोनाले मानिसको ज्यान लिइरहेको छ भने सलह चाहिँ मानिसले मीठो मानेर भोजन गरेको चर्चा छ । विदेशी मुलुकमा सलह भुटेर, उसिनेर, साँधेर अनि झोलसहित खाएका कैयौँ भिडियो...

‘नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना छैन’ access_timeअसार १९, २०७७

काठमाडौं । सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेव हुमागाईंले हावाको गतिमा नाटकीय परिवर्तन नभए नेपालमा सलहको नयाँ झुण्ड आउन सक्ने सम्भावना नरहेको बताएका छन् ।  संघीय संसद प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको शुक्रबारको बैठकमा उ...

किसानलाई कोरोनाभन्दा सलह कहरको चिन्ता access_timeअसार १९, २०७७

काठमाडौँ । यतिबेला देश कोरोनाभाइरसको महामारीले ग्रस्त छ । संक्रमण उच्च दरमा वृद्धि भइरहेको छ । बिहीबारसम्मको तथ्याङ्क अनुसार नेपालमा १४ हजार ५११ जना संक्रमित भेटिसकेका छन् । कोरोनाभाइरसको महामारीले सबै क्षेत्रलाई ठप्प बनाइरहँदा नेपालमा कृषि क्षेत्र भने अपवाद रहेको...

सलहको जोखिम टरेको छैन, सतर्क रहन सरकारको आग्रह access_timeअसार १६, २०७७

काठमाडौं–सलहले ठाउँ परिवर्तन गरिरहेका हुनाले जोखिमलाई मध्यनजर गर्दै कृषि तथा पशुपक्षी विकास मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार तीनदिनको मौसमको पूर्वानुमान पूर्व र दक्षिणतर्फ हावाको बहाव हुने भएकाले सलहप्रति सचेत रह...

प्रतिकिलो रु १०० मा सलह किन्ने कृषिविज्ञ राईको घोषणा access_timeअसार १६, २०७७

कृषिविज्ञ मदन राईले प्रतिकिलो रु १०० मा सलह खरिद गर्ने घोषणा गरेका छन् । भारतबाट तराई प्रवेश गरेको सलह खोटाङका विभिन्न स्थानीय तहमा शनिबार एकैसाथ देखिएपछि कृषिविज्ञ राईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिकिलो रु १०० मा खरिद गर्ने बताएका हुन् । “कसैले समाएर...

नेपाल प्रवेश गर्‍यो सलहको ठूलो झुण्ड access_timeअसार १५, २०७७

काठमाडौँ । भारतबाट सलह किराको ठूलो झुण्ड नेपाल प्रवेश गरेको कारण सीमावर्ती क्षेत्रका किसानलाई सतर्क गराउने काम भइरहेको छ ।  भारतको विहार तथा युपीको सीमा क्षेत्रमा किसानको बालीलाई क्षति गरिरहेको र त्यसैमध्ये केही झुण्ड नेपाल भित्रिएको हुनाले नेपालमा पनि बाली क्ष...

सलहको जोखिम घटाउनको लागि लमजुङ र कैलालीमा थालियो यस्तो तयारी access_timeअसार १५, २०७७

लमजुङ – सलह किरा लमजुङमा पनि प्रवेश गरेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ फेदिकुनामा आइतबार सलह किरा देखिएको हो ।  स्थानीयले सलह किरा प्रवेश गरेको जानकारी दिएपछि कृषि ज्ञानकेन्द्र कार्यालय लमजुङबाट कार्यालय प्रमुख रोहिणीराज घिमिरे, अर्थविज्ञ...

सलह किरा मार्नेलाई किलोको एक सय access_timeअसार १५, २०७७

भारत हुँदै नेपाल पसेको सलह किरा स्याङ्जामा पनि देखा परेको छ । जिल्लाको कालीगण्डकी गाउँपालिकामा यो किरा देखिएपछि किसान चिन्तित बनेका छन् ।  गाउँपालिका विभिन्न ठाउँमा सलह देखिएपछि गाउँपालिकाले सलह किरा मार्नेलाई प्रतिकिलो रु १०० दिने निर्णय गरेको गाउँपालिक...

बाग्मती प्रदेशमा सलहको जोखिम access_timeअसार १५, २०७७

हेटौँडा – बाग्मती प्रदेशका विभिन्न जिल्लामा सलह भित्रिएपछि बाग्मती प्रदेश सरकारले सतर्कता अपनाएको छ । त्यस क्रममा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आइतबार बसेको सलहको प्रकोप नियन्त्रणसम्बन्धी बैठकले सलहको प्रकोप रोकथाम र नियन्त्रण गर्न जनचेतना वृद्धि र ...

भारत हुँदै नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ access_timeअसार १५, २०७७

काठमाडौं – अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका...

पहाडतिर लाग्यो सलह access_timeअसार १५, २०७७

बुटवल – शनिबार तराई जिल्लामा भित्रिएको सलह पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत पहाडी जिल्लामा पुगेको छ । सलहले तराई क्षेत्रमा ठूलो क्षति नगरे पनि पहाडी जिल्लाहरूमा क्षति पुग्ने भएकाले सचेत हुन अधिकारीहरूले सचेत गराएका छन् । आइतबार बसेको प्रदेश सभाको बैठकमा यसबा...

राँगा र खसीको मासुभन्दा सलह किरा पोषिलो access_timeअसार १४, २०७७

काठमाडौं । नेपालमा शनिवार सलह किरा प्रवेश गरेको छ । त्यो प्रवेश गरेसँगै सरकारले त्यसमा विभिन्न अध्ययन अनुसन्धान शुरु गरेको छ । सलह किरालाई व्यवसायिक रुप दिन पनि सरकारले तयारी गरिरहेको छ । सलह किरा मारेर ल्याउनेलाई सरकारले रकम दिने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता...

सलहलाई नियन्त्रण गर्न यसो गर्नुहोस् access_timeअसार १४, २०७७

नेपालमा शनिवार एकाएक सलह किरा प्रवेश गरेपछि अहिले सलहबाट बालीलाई कसरी बचाउने भन्ने चिन्ता र चासो बढ्न थालेको छ । बारा र पर्सामा देखिएको यस प्रकारको किरा सर्लाही, सिन्धुली, रुपन्देही लगायतको जिल्ला देखिएको कृषि तथा पशुपंंक्षी विकास मन्त्रालयले जनाएको छ । नेपालमा भार...

नेपालमा एक महिनासम्म रहनसक्छ सलहको प्रकोप access_timeअसार १४, २०७७

काठमाडौं ।  शनिबार प्रवेश गरेको सलह कीरा नेपालमा एक महिनासम्म रहनसक्ने प्रक्षेपण विज्ञहरुले गरेका छन् ।  वयस्क र बच्चाको समूहमा नेपाल प्रवेश गरेको सहल किरा नेपालमा बढीमा एक महिनासम्म रहन सक्ने प्रक्षेपण विज्ञहरुको छ ।  वयस्क सलह बढीमा दुई हप्ता र ब...

Page 1 of 2