केन्द्रीय संस्करण

वर्षमान पुन अनन्त

मन्त्री पुनद्वारा प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुसँग बजेटबारे सुझाव माग access_timeबैशाख २४, २०७७

काठमाडौं– ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन अनन्तले सबै प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्रीहरुसँग आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम र बजेटका प्राथमिकताबारे सुझाव लिएका छन् ।  मन्त्री पुनले बुधबार सामुहिक रुपमा भर्चुअल बैठकमार्फत सबै...

विद्युत महसुलमा २० प्रतिशत छुट, ३८ लाख ग्राहक लावान्भित हुने access_timeचैत १४, २०७६

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका ३८ लाख घरायसी ग्राहकले १ सय ५० युनिटसम्म विद्युत प्रयोगमा चैत महिनाभरको महसुलमा २० प्रतिशत छुट पाउने भएका छन् ।  ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तको अध्यक्षतामा शुक्रबार मन्त्रालयमा बसेको नेपाल विद्युत प्रा...

उर्जामन्त्रीको प्रयासः २० वर्षदेखिको अलपत्र योजना सफल हुँदै access_timeचैत २, २०७६

काठमा । करिब २० वर्षअघि सुरु भएर पनि हालसम्म निर्माण सम्पन्न हुन नसकेको चोभार–खोकना–चापागाउँ १ सय ३२ केभी प्रसारण लाइनमार्फत भक्तपुरमा बिजुली लैजाने योजना अब भने सम्भव हुने भएको छ ।  ललितपुरको खोकना र चापागाउँबासीको निरन्तरको अवरोधका कारण प्...

ठूला नदीको स्वामित्व केन्द्रमा, मझौला प्रदेश र साना स्थानीय तहमा access_timeफागुन २८, २०७६

काठमाडौं ।  सरकारले संघ (केन्द्र), प्रदेश र स्थानीय तहबीच जलस्रोतको स्वामित्व तथा क्षेत्राधिकारको बाँडफाँड गर्ने भएको छ ।  ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयले तयार पारेको प्रस्तावित जलस्रोत नीतिमा तीनै तहका सरकारबीच जलस्रोतको क्षेत्राधिकार स्पष्ट गरिने उल्लेख ...

मिनीग्रिड्मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात access_timeफागुन १६, २०७६

काठमाडौं । तीन वर्षमा देशभर विद्युतको पहुँच पुर्याउने उद्देश्य पुरा गर्न सरकारले मिनीग्रिड् मार्फत विद्युत उत्पादन गर्ने विशेष कार्यक्रमको सुरुवात गरेको छ । उर्जा, जलस्रोत तथा  सिञ्चाई मन्त्री वर्षमान पुनले शुक्रबार काठमाडौंमा आयोजित एक समारोहमा ‘मिनीग्रिड विशेष ...

अब कमजोरी खोज्ने बेला आयो: ऊर्जामन्त्री पुन access_timeफागुन ७, २०७६

काभ्रे । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले विकास हुन नसकेका कारण खोज्न आवश्यक रहेको बताएका छन् । जलस्रोत तथा सिँचाइ विभागको आयोजनामा आज काभ्रेको धुलिखेलमा आयोजना गरिएको ‘नेपालमा जलस्रोत तथा सिँचाइको वर्तमान अवस्था र भविष्यको योजनासम्बन्धी दुईदिने १२औ...

विकास बजेट खर्चको प्रगतिबारे समीक्षा हुन्छः मन्त्री पुन access_timeफागुन ७, २०७६

१२ औंं राष्ट्रिय सिंचाइ सेमिनार काभ्रेको धुलिखेलमा बुधबार सुरु भएको छ ।  दुई दिने सम्मेलनको ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले उद्घाटन गरेका छन् ।  सम्मेलन उदघाटन गर्दै मन्त्री पुनले समग्रमा अधिकांश सरकारी आयोजनामा विकास खर्चको प्रगति आशाला...

‘ऊर्जामन्त्रीज्यू, काठका पोलहरु कहिलेसम्म विस्थापन हुन्छ ?’ access_timeफागुन ६, २०७६

काठमाडौं । ‘माननीय मन्त्रीज्यू, विद्युत् प्रसारणमा प्रयोग भएका काठका पोलहरु कहिलेसम्म विस्थापन गरिन्छ ? सम्पूर्ण उपभोक्ताको घरघरमा कहिलेसम्म बिजुली बत्ती वितरण गरिसक्ने योजना छ  ?’ प्रतिनिधिसभाको आजको बैठकमा सम्बन्धित मन्त्री र सांसदहरुको प्रश्नोत्तर आरम्भ ...

स्थानीयको माग सम्बोधन गरी उत्तरगङ्गा आयोजना निर्माण हुन्छ: ऊर्जामन्त्री पुन access_timeमाघ २०, २०७६

बागलुङ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले स्थानीय जनताको माग सम्बोधन गरी उत्तरगङ्गा जलाशययुक्त आयोजना निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बागलुुङको ढोरपाटनमा रहेको आयोजनास्थलको आज निरीक्षणपछि स्थानीयवासीसँग उहाँले आयोजनालाई अगाडि बढाउन स्थानीयवासीको ...

मन्त्री पुन र राष्ट्रसंघीय उपमहासचिवबीच भेटवार्ता access_timeपुस २९, २०७६

यूएई । संयुक्त राष्ट्रसंघले नेपालमा नवीकरणीय उर्जा क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । राष्ट्रसंघले विकास, समृद्धिका साथै उर्जा क्षेत्रमा सहयोग गर्ने भएको हो । नविकरणीय अन्तर्राष्ट्रिय उर्जा संघ (आइरिना) को विश्व भेलामा सहभागी हुन संयुक्त अरब इमिरेट्सको यूएई पुगेका उ...

ओमानका सुल्तान कावुसको निधनप्रति उर्जामन्त्री पुनद्वारा समवेदना प्रकट access_timeपुस २९, २०७६

उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले ओमानका सुल्तान काबुस विन तारिक विनताइमुर विनअल सइदको निधनप्रति समवेदना प्रकट गरेका छन् ।  अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (आइरिना)को १० औं साधारणसभामा सहभागी हुन युएईको अबुधावीबाट ओमानको राजधानी मस्कट पुगेका म...

जलविद्युतको विश्व भेलामा मन्त्री पुनको आग्रह– नेपालमा लगानी गर्न आउनुस् access_timeपुस २७, २०७६

यूएई । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले नेपालमा जलविद्युत क्षेत्रमा लगानी गर्न अन्तर्राट्रिय समुदायलाई अपील गरेका छन् ।  अन्तर्राष्ट्रिय नवीकरणीय उर्जा संघ (इरिना) को अबुधाबीमा जारी १०औं साधारणसभाको जलविद्युत सत्रमा आइतबार बोल्दै मन्त्री पुनले नयाँ...

युएईले दियो फोहोरबाट ऊर्जा उत्पादन गर्न नेपाललाई १ करोड अमेरिकी डलर access_timeपुस २७, २०७६

युएई । संयुक्त अरब इमिरेट्स (यूएइ) ले नेपालमा सहरी फोहोरबाट आधुनिक ऊर्जा उत्पादन प्रयोजनका लागि एक करोड अमेरकी डलर (करिब १ अर्ब १३ करोड) रुपैयाँ सहुलियतपूर्ण कर्जा दिने भएको छ ।   अबुधावीमा जारी विश्व नवीकरणीय उर्जा संघ (इरिना) को वार्षिक साधारण सभाको अवस...

नेपालको नवीकरणीय ऊर्जामा सहयोग गर्न मन्त्री पुनको आग्रह access_timeपुस २५, २०७६

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र अन्तरराष्ट्रिय नवीकरणीय ऊर्जा सङ्घका महानिर्देशक फ्रान्सेस्को ला क्यामेराबीच नेपालको नवीकरणीय ऊर्जाका विविध आयामका बारेमा छलफल भएको छ ।  भेटमा मन्त्री पुनले नवी...

‘राष्ट्रिय जलस्रोत नीति’ ल्याउने सरकारको तयारी access_timeपुस २१, २०७६

काठमाडौँ ।  सरकारले जलस्रोतको बहुउपयोगका लागि बाटो खोल्ने गरी तयार पारेको ‘राष्ट्रिय जलश्रोत नीति’ ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।  उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले नीतिको मस्यौदाबारे आइतबार दिनभर मन्त्रालयमा छलफल चलाए । &...

संघले बढी अधिकार लिन खोजेको रुपमा नबुझौंः मन्त्री पुन access_timeपुस १८, २०७६

काठमाडौं । उर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले नयाँ संविधानअनुसारका ऐन÷कानून निर्माण गर्दा सरकारले प्रदेश, स्थानीय तह र सरोकारवाला पक्षलाई उपेक्षा नगर्ने स्पष्ट पारेका छन् । मन्त्री पुनले नयाँ कानूनको मस्यौँदा तयार गर्दा प्रदेश, स्थानीय तह तथा निजी क्षेत्रल...

इजरायली लगानीकर्तालाई ऊर्जामा लगानी गर्न मन्त्री पुन आग्रह access_timeमंसिर २३, २०७६

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा, जलविद्युत र सौर्य ऊर्जाका क्षेत्रमा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरेका छन् । इजरायली विकास नियोगका प्रमुख गील हसकेलले आज आफूसँग भएको भेटमा उनले प्रशारण लाइन विस्तार, जलविद्युत ...

राजनीतिज्ञसँग प्रविधिसम्वन्धी ज्ञान हुन आवश्यक छ : उर्जामन्त्री पुन access_timeमंसिर २०, २०७६

काठमाडौं ।  उर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताएका छन् । उर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालय जलस्रोत तथा सिञ्चाई विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस&r...

आयोजना चाँडो पूरा गर्न मन्त्रीद्वयको निर्देशन access_timeमंसिर १७, २०७६

जाजरकोट । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले कर्णाली प्रदेशमा निर्माणाधिन आयोजना चाँडो पूरा गर्न निर्देशन दिएका छन् । आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) करिब–करिब सकिन लाग्दा मन्त्रीद्वयले डोल्पाको जगदुल्ल...

भेरी–बबई आयोजनामा अवरोध भए कर्णालीबासीकै लगानी खेर जान्छ: ऊर्जामन्त्री पुन access_timeमंसिर १६, २०७६

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको बाँध (ड्याम) तथा विद्युत् गृह (पावरहाउस) निर्माण कार्य शुरु गरिएको छ ।  पहिलो चरण अन्तर्गत सुरुङ निर्माण सम्पन्न भएको साढे सात महिनापछि आयोजनाले दोस्रो चरणका बाँध तथा विद्युत्गृह निर्माण कार्यको शुभार...

Page 1 of 2