केन्द्रीय संस्करण

भ्रमण वर्ष २०२०

भ्रमण वर्ष २०२० स्थगित गर्ने सरकारको तयारी access_timeफागुन १८, २०७६

काठमाडौँ — सरकारले भ्रमण वर्ष २०२० स्थगित गर्ने निर्णय गर्ने तयारी गरेको छ । कोरोना भाइरसको प्रकोपलाई मध्यनजर गर्दै आइतबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले भ्रमण वर्ष २०२० लाई स्थगित गर्ने विषयमा छलफल गरेको हो ।  श्रोतका अनुसार बैठकमा प्रधानमन्त्र...

भ्रमण वर्ष २०२० : सरकारले गर्‍यो विदेशका सबै प्रचारप्रसारका कार्यक्रम स्थगित access_timeफागुन १७, २०७६

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित ...

भ्रमण वर्षको पहिलो महीनामै घट्यो पर्यटक आगमन access_timeमाघ २८, २०७६

नेपाल भ्रमण वर्षको शुरूआती महीनामै पर्यटन आगमन खस्किएको छ ।  अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२० को जनवरीमा ७९ हजार ६८६ पर्यटक नेपाल आए, जुन सन् २०१९ को जनवरीभन्दा २ प्रतिशतले कम हो । गतवर्ष जनवरीमा ८१ हजार २७३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । भारत, अ...

२० लाख पर्यटक भित्र्याउने लक्ष्यमा कोरोना भाइरसको चुनौती access_timeमाघ २५, २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा धक्का लाग्ने संकेत पहिलो महिनामै देखा परेको छ । चीनमा देखा परेको कोरोना भाइरस र त्यसले विभिन्न मुलुकमा पारेको असरका कारण नेपाल भ्रमण वर्षको लक्ष्यमा समेत धक्का लाग्ने देखिएको हो । नेपाल आ...

कोरोना भाइरसको असरः वैकल्पिक पर्यटन बजारको खोजी access_timeमाघ १८, २०७६

सरकारले चीनमा देखिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा पार्नसक्ने प्रभावलाई मध्यनजर गरी बैकल्पिक पर्यटन बजारको खोजी गर्ने भएको छ । प्रमुख पर्यटकीय स्रोत बजारका रूपमा रहेको चीनमा फैलिएको कोरोना भाइरसले नेपालको पर्यटन क्षेत्रमा प्रभाव पार्ने सम्भावित जोखिम नियन्त्रण र...

रिचार्जरको बिग सेलमा पत्याउनै नसकिने अफर आउँदै access_timeमाघ ३, २०७६

काठमाडौं– भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै जनवरी २० का दिन मोबाइल एप रिचार्जरमा बिगसेल २०२० सञ्चालन हुँदैछ । उक्त दिन रिचार्जरले नेपाली बजारमा अहिलेसम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराउँदैछ ।  भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्...

जर्मनी र युएईमा नेपाल भ्रमण वर्षको प्रबर्द्दन access_timeपुस २४, २०७६

काठमाडौं । सङ्घीय गणतन्त्र जर्मनीको राजधानी बर्लिन र संयुक्त अरब इमिरेट्सको अबुधाबीमा त्यहाँस्थित नेपाली राजदूतावासको सक्रियतामा ती देशका नागरिकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने उद्देश्यले विविध प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएका छन् ।  कार्यक्रमका क्रममा विश्वक...

नेपाली दूतावास लण्डनमा भिजिट नेपाल २०२० को औपचारिक उद्घाटन access_timeपुस २०, २०७६

-नरेन्द्र बस्नेत   लन्डन ।  ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल पार्न नेपाली दूतावास लण्डनले विशेष कार्यक्रम आयोजना गर्दै नेपाल भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गरेको छ ।  नेपाल सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित गत बुधबा...

भ्रमण वर्ष : एक उत्सवका रूपमा access_timeपुस २०, २०७६

‘अतिथि देवो भवः’ मूल मर्ममा भ्रमण वर्ष एउटा उत्सव हो– नेपालका लागि । चाहे सांस्कृतिक गरिमाका कोणबाट या प्राकृतिक रूपमा । अङ्ग्रेजी नयाँ वर्षको प्रारम्भसँगै नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन भएदेखिको हिउँ खेल्ने, पदयात्रामा रम्नेदेखि प्राकृतिक उतारचढावको...

यसरी भयो भ्रमण वर्षको भव्य उद्घाटन access_timeपुस १६, २०७६

–शरद शर्मा काठमाडौं । बीस लाख पर्यटक भित्र्याउने उद्देश्यसाथ शुरु भएको नेपाल भ्रमण वर्षको दशरथ रङ्गशालामा आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित स...

भ्रमण वर्ष २०२० को भव्य उद्घाटन (फोटो फिचरसहित) access_timeपुस १६, २०७६

काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को एक भव्य समारोहका बीच उद्घाटन गरिएको छ ।  दशरथ रंगशालामा आयोजित विशेष समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्षको उद्घाटन गरेकी हुन् ।   सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षला...

यसरी भयो गण्डकी प्रदेशमा भ्रमण वर्षको शुभारम्भ (फोटो फिचरसहित) access_timeपुस १६, २०७६

पोखरा । नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को गण्डकी प्रदेशमा पनि उद्घाटन गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवा किनारमा आयोजित भव्य समारोहकाबीच भ्रमण वर्षको उद्घाटन गरेका हुन् ।  शुभारम्भ कार्याक्रममा एघारै जिल्लाबाट विभिन्न जातजा...

भिजिट नेपाल २०२० : कलाकार भन्छन्– हाम्रो भूमिका के ? access_timeपुस १६, २०७६

काठमाडौँ । सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु भएको छ । काठमाडौँको दशरथ रङ्गशालामा भव्य समारोहका बीच भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्यक्रममा विभिन्न गतिविधिसमेत हुँदैछन् । यसका लागि सरकारले सुरक्षादेखि विभिन्...

प्रदेश ५ मा भ्रमण वर्ष : पाटेबाघलाई अन्तर्राष्ट्रिय रुपमा चिनाउनेदेखि ठाउँठाउँमा सडक खाना महोत्सवसम्म access_timeपुस १६, २०७६

बुटवल । प्रदेश ५ सरकारले बुधबार बर्दियाको ठाकुरद्वाराबाट नेपाल भ्रमण वर्ष २०२० को प्रदेशस्तरीय शुभारम्भ गरेको छ ।  प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा भ्रमण वर्षको शुभारम्भ गरेका हुन् । ‘घुम्न जाऊँ बर्दिया’ भन्ने नाराका साथ शुरु भएको कार्...

भ्रमण वर्ष २०२० सफल बनाउन पर्यटनसम्बद्ध संस्था एकताबद्ध, कसले के भने ? access_timeपुस १६, २०७६

२० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सरकारले भ्रमण वर्ष २०२० को घोषणा गरेको छ । पर्यटनमार्फत आर्थिक समिद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वासका साथ सरकारले भ्रमण वर्षलाई निकै महत्त्व दिएर काम गरिरहेको छ ।  सोही अनुसार बुधबार सरकारले तामझामका साथ भ्रमण वर्षको भव्...

भ्रमण वर्षको पूर्वसन्ध्यामा स्वयम्भूमा दीप प्रज्वलन, बुद्ध र सगरमाथाको देशमा आउन विश्व समुदायलाई आह्वान access_timeपुस १५, २०७६

काठमाडौं । भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा स्वयम्भू स्तुपामा संयुक्त दीप प्रज्वलन गरिएको छ । विश्व सम्पदा सुचिमा समेत सुचिकृत स्तुपाबाट भ्रमण वर्षको स्वागतसहित विश्व शान्तिको कामना गर्दै दीप प्रज्वलन गरिएको हो ।  वुद्ध वल्र्ड टुरिजम राइटर्स नेपालको आयोजनामा मंगलबार सा...

भ्रमण वर्षको रौनकले छोएन रोल्पालाई access_timeपुस १५, २०७६

नेपाल भ्रमण वर्ष २०२० सुरु हुन एक दिनमात्र बाँकी छ । यसको तयारीका लागि देशभर विभिन्न कार्यक्रम भइरहेका छन् । तर, रोल्पामा भने भ्रमण वर्षको कुनै रौनक देखिँदैन । पर्यटकीय सम्झावना रहेका थुप्रै गन्तव्य रहे पनि त्यसको प्रचारप्रसार तथा प्रवद्र्धनमा सरोकारवाला निकायहरु उदासीन दे...

भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा, उद्घाटनको दिन दीपावली मनाउन आह्वान access_timeपुस १४, २०७६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पूरा भएको जनाएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्रालयले भ्रमण वर्ष २०२० को उद्घाटन तयारी पुरा भएको जनाएको हो । मन्त्री योगेश भट्टराईले सिंगो मुलुकलाई उल्लासमय बनाउ...

भ्रमण वर्षको सन्दर्भमा ८० वटा संगठनहरुसँग प्रत्यक्ष संवाद access_timeपुस ८, २०७६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले नेपाल भ्रमण वर्षको सन्दर्भमा विभिन्न ८० वटा संगठनहरुसँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् ।  मंगलबार राष्ट्रिय सहकारी महासंघ, गैर सरकारी संस्था महासंघ र सामूदायिक वन उपभोक्ता महासंघसँगको छलफलमा मन्...

सुदूरपश्चिम प्रदेशमा भ्रमण वर्ष-२०२० को तयारी तीव्र access_timeपुस ३, २०७६

कैलाली । भ्रमण वर्ष २०२० लाई सफल बनाउन सुदूरपश्चिम प्रदेश सरकारले तयारी तीव्र बनाएको छ ।  उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन तयारीलाई तीव्र बनाएको हो ।  मन्त्रालयले भ्रमण वर्षलाई सफल बनाउन सुदूरपश्चिम प्रदेश पर्यटन प्रवर्द्धन सम...

Page 1 of 2