भक्तपुर

सूर्यविनायकमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु access_timeकात्तिक २४, २०७९

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ स्थित आदर्श बस स्टपमा ट्रकको ठक्करबाट एकजना युवकको ज्यान गयो । कात्तिक २१ मा सूर्यविनायकबाट जगातीतर्फ जाँदै गरेको मे.१ख ३२३७ नम्बरको ट्रकको ठक्करबाट २७ वर्षीय अनुज उपाध्यायको मृत्यु भएको थियो । थिमी नगरपालिका वडा नम्बर–२ ...

भक्तपुरमा दलहरू घरदैलो अभियानमा access_timeकात्तिक १८, २०७९

आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भक्तपुरका राजनीतिक दल तथा उम्मेदवारले घरदैलो कार्यक्रम सुरु गरेका छन् । निर्वाचन आचारसंहिताले प्रचारप्रसारका लागि घरदैलो गर्न पाउने छुट दिएपछि भक्तपुरका प्रमुख राजनीतिक दल तथा उम्मेदवारहरूले ...

भक्तपुर–२ मा फेरियो राजनीतिक अंकगणित, गठबन्धन र एमालेको प्रतिस्पर्धा access_timeकात्तिक १४, २०७९

प्रतिनिधिसभा र प्रदेशसभाका लागि आगामी मङ्सिर ४ गते घोषित निर्वाचन नजिकिएसँगै आन्तरिक जोड घटाउको गृहकार्यमा जुटेको नेकपा (एमाले)ले भक्तपुर क्षेत्र नं २ लाई आफूले जित्ने क्षेत्रका रुपमा लिएको छ । एमालेको आन्तरिक मूल्याङ्कनमा आँकलन गरिएको उक्त क्षेत्रमा विसं २०७४ को न...

भक्तपुर १ मा नेमकिपा बलियो, २ मा महेश बस्नेत भर्सेस दुर्लभ थापा access_timeअसोज २७, २०७९

भक्तपुरमा आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर २ मा रोचक भिडन्त हुने देखिएको छ । क्षेत्र नम्बर १ मा भने नेमकिपा बलियो अवस्थामा छन् । नेमकिपाले प्रेम सुवाललाई नै दोहोर्याएको छ ।  सो निर्वाचन क्षेत्रबाट एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको ...

विद्युत् प्राधिकरणले जडान गर्‍यो कोटेश्वर-सूर्यविनायक सडकमा स्मार्ट बत्ती access_timeअसोज ११, २०७९

नेपाल विद्युत् प्राधिकरणले आफ्नै खर्चमा काठमाडौंको कोटेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्मको सडक खण्डमा स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्राधिकरणले कोटेश्वर–सूर्यविनायक सडकखण्डको सडकको बीच भागमा रहेको मेडिएन स्ट्र...

भक्तपुर प्रवेश गर्ने पर्यटकलाई स्वागत access_timeअसोज ११, २०७९

विश्व पर्यटन दिवसको अवसरमा आज भक्तपुर नगरपालिकाको विश्व सम्पदा सूचीमा रहेको पर्यटकीय क्षेत्र भक्तपुर दरबार स्क्वायर प्रवेश गर्ने पहिलो विदेशी पर्यटकको समूहलाई स्वागत एवं सम्मान गरिएको छ ।      भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आउन...

भक्तपुरमा बाढीको वितण्डा, तस्बिरहरू access_timeसाउन २५, २०७९

काठमाडौं उपत्यकामा मंगलबार राति परेको झरीका कारण बागमती र सहायक नदीमा पानीको बहाव उल्लेख्य बढेको छ । भक्तपुरको मनोहरा खोला वरपरका सुकुम्वासी बस्तीमा बाढी पसेको छ । मनोहरा खोलाको पानी बस्तीमा पस्दा भक्तपुरका केही क्षेत्र डुबानमा परेका छन् । विशेष गरी सुकुम्व...

भक्तपुरमा २२ मतदानस्थल व्यावहारिक नभएको भन्दै अन्यत्र सार्न सुझाव access_timeबैशाख २७, २०७९

 स्थानीय तहको निर्वाचनको मतदानका लागि आउन ३ दिन बाँकी छ । भक्तपुरमा भने हाल कायम रहेका मतदान स्थल व्यवहारिक नभएको सम्बन्धित निकायहरूले बताएका छन् । जिल्लाका प्रमुख निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाका अनुसार जिल्लामा हाल कायम रहेका केही मतदान स्थल सार्नु पर्ने द...

भक्तपुरमा कतै तालमेल कतै आ–आफ्नै उम्मेदवारी access_timeबैशाख १७, २०७९

काठमाडौं । भक्तपुर जिल्लामा भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यमपुर थिमी गरी चार नगरपालिका छन् । भक्तपुर नगरपालिका नेपाल मजदुर किसान पार्टीको गढ मानिन्छ । भक्तपुर जिल्लाका चार पालिकामा दलहरु कतै तालमेल, कतै एक्लाएक्लै त कतै दुई दलीय तालमेलका साथ चुनावी मै...

भक्तपुर नगरपालिकामा नेमकिपाबाट प्रजापति र जोशी पुन: उम्मेदवार, टक्कर दिन काँग्रेस र समाजवादीबीच तालमेल access_timeबैशाख १३, २०७९

स्थानीय तह निर्वाचनमा नेपाल मजदुर किसान पार्टीका नेता सुनिल प्रजापति र रजनी जोशीले भक्तपुर नगरपालिकामा फेरि उम्मेदवारी दिएका छन् । यसअघि २०७४ सालको निर्वाचनमा भक्तपुर नगरपालिकाको मेयरमा प्रजापति र उपमेयरमा जोशी निर्वाचित भएका थिए । सोमबार भक्तपुर नगरको दोस्रो कार्यक...

भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु access_timeचैत १३, २०७८

भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण ...

भक्तपुरमा शव वाहनसँग ठोक्किँदा मोटरसाइकलमा आगलागी access_timeचैत ९, २०७८

भक्तपुरको लोकन्थलीमा शववाहन सँग मोटरसाइकल ठोक्किएर जलेको छ । सिन्धुपाल्चोकबाट शव लिएर आर्यघाट तिर आउँदै गरेको प्रदेश–३–०१–०२३ च २३५६ नम्बरको शववाहन सँग बा.५२ प ५३८५ नम्बरको मोटरसाइकल ठोक्किएको थियो । ठोक्किँदा मोटरसाइकलमा आगो लागेको महानगरीय ...

भक्तपुरको जुवाखालबाट ​नेता र पत्रकारसमेत  १५ जना पक्राउ access_timeकात्तिक २१, २०७८

प्रहरीले जुवाखालबाट नगदसहित १५ जनालाई पक्राउ गरेको छ । गए राति चाँगुनारायण नगरपालिका–८ सुडाल पुरीगाँउस्थित मणिराम पुरीका घरमा जुवा खेलिरहेका अवस्थामा महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी निरीक्षक लोकबहादुर जिसीको कमाण्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गर...

भक्तपुरमा युवकको हत्या access_timeबैशाख ३, २०७८

  भक्तपुरमा रहेको एक गाई फर्ममा युवकको हत्या भएको छ । सूर्यविनायक नगरपालिका वडा नं. ८ सिपाडोल मूलबाटो रहेको गाई फर्ममा अन्दाजी २० बर्षको युवकको शव फेला परेको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ । गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाई फर्ममा सो...

भक्तपुरमा पर्याप्त मात्रामा आईसीयू र भेन्टिलेटर खाली access_timeअसोज २१, २०७७

भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमित बिरामीको उपचारका लागि काठमाडौँ उपत्यकालगायत नेपालभर आईसीयू, भेन्टिलेटर र अस्पतालका आइसोलेसन वार्ड अभाव भएको बताइए पनि भक्तपुरमा भने पर्याप्त मात्रामा खाली रहेका छन् । जिल्लाका विभिन्न अस्पतालले व्यवस्था गरेका २० आईसीयू ...

सस्तोमा डलर साट्ने नाममा लुट्ने समूह, जसले भक्तपुरमा ‘लुट आतंक’ मच्चाए access_timeअसोज ९, २०७७

काठमाडौं । भक्तपुरको ठिमीस्थित चारदोवाटो चोकको कपडा पसल ।  साउन लागेपछि सो पसलमा नयाँ ग्राहक आएर कपडा लिए । ती ग्राहक दोस्रोपटक पनि आए । कपडा किनेपछि भने– ‘हामीले चिनेको एकजना टुरिष्ट गाईडसँग १० हजार डलर छ !’  ‘अमेरिकाबाट...

भक्तपुरमा ३ जनाको शंकास्पद मृत्यु, घटनास्थलमा यस्तो देखियो (तस्बिरहरु) access_timeभदौ २६, २०७७

भक्तपुरमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्यु प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेको छ। घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर अनुसन्धान सुरु गरेको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिक...

भक्तपुरमा निषेधाज्ञा : सडकमै होल्डिङ सेन्टर, नाकामा कडाई, तस्बिरमा हेर्नुहोस् access_timeभदौ ४, २०७७

भक्तपुर । आजबाट भदौ १० गतेसम्म लागू हुने निषेधाज्ञाको पहिलो दिन भक्तपुरका मुख्य र सहायक सडक प्रायः सुनसान देखिएका छन् । कोरोना संक्रमण भयावह हुन थालेपछि उपत्यकाका तीनै जिल्लामा बुधबार मध्यरातिदेखि निषेधाज्ञा लागू भएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त जिल्...

भक्तपुरमा एटिएम बुथ फुटाउँदै गरेका व्यक्ति पक्राउ access_timeजेठ १७, २०७७

भक्तपुर । बन्दाबन्दीको समयमा एटिएम बुथ फुटाएर पैसा झिक्न खोज्दै गरेका सिन्धुपाल्चोक कदम्बास घर भई हाल मध्यपुरथिमि नगरपालिका–६ नगदेश बस्ने २१ वर्षीय सचिन तामाङलाई प्रहरीले गएराति फक्राउ गरेको छ । मध्यपुरथिमि नगरपालिका–६ बाहखा बजारस्थित सञ्जीव चित्रकारको घरको...

भक्तपुरका दुईजना कोरोना सङ्क्रमित घर फिर्ता,  बस्तीका १३ को स्वाब सङ्कलन access_timeजेठ ९, २०७७

भक्तपुरमा पहिलोपटक स्थानीयवासीमा कोरोना भाइरस सङ्क्रमित भेटिएपछि भक्तपुर नगरपालिकाले पिसिआर परीक्षण शुरु गरेको छ । सङ्क्रमित व्यक्ति बस्ने भेलुखेलमा भक्तपुर नगरपालिकाका केही सफाइ कर्मचारी पनि बस्ने भएकाले उच्च सतर्कता अपनाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले जनतासँ...

Page 1 of 2