नेकपा एमाले

एमाले सचिवालय बैठक बिहीबार access_timeअसोज १२, २०७९

प्रतिनिधि र प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बिहीबार दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बस्नेगरी बैठक बोलाइएको उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिए । उनले बैठकका एजेण्डा...

एमाले बनेका पूर्वमाओवादीलाई ओलीको आश्वासन : जसरी भएपनि सांसद बनाउँछु access_timeअसोज १०, २०७९

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका नेताहरुलाई पुनः सांसद बनाउने आश्वासन दिएका छन् । अध्यक्ष ओलीले पूर्वमाओवादी खेमाका नेताहरुलाई सकेसम्म प्रदेश वा प्रतिनिधि सभातर्फ प्रत्यक्षको उम्मेदवार बनाउने र त्यहाँबाट पुरा हुने स्थिति नद...

अन्तत: एमालेसँगै गठबन्धन गर्दै लोसपा access_timeअसोज ८, २०७९

नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण नगरेको विषयमा तराई मधेसमा विभिन्न दलका कार्यकर्ताले विरोध प्रदर्शन गरिरहेका छन् । तर मधेसवादी दल भनिएको लोसपा नेपाल भने नागरिकता विधेयकको विपक्षमा उभिएको नेकपा एमालेसँगै आसन्न निर्वाचनमा गठबन्धन गर्ने तरखरम...

तस्बिरमा हेर्नुहोस् एमालेको वाकाथन access_timeअसोज १, २०७९

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संविधान दिवसको सातौँ वर्षगाँठका अवसरमा शनिबार काठमाडौँमा वाकाथन (पदयात्रा) को  आयोजना गरेको छ।  'संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा'का साथ गरिएको पदयात्रामा अध्यक्ष केपी शर्म...

मकवानपुर–१ मा एमालेले राप्रपासँग तालमेल गर्ला कि राप्रपा नेपालसँग ? access_timeभदौ २६, २०७९

राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला मकवानपुरलाई राप्रपाले समेत रणनीतिक रूपमा निकै महत्त्वका साथ लिने गरेको छ । थापाले राप्रपा छाडेर राप्रपा नेपाल गठन गरेपछि उनकै गृह जिल्लामा राप्रपाले समेत आफ्नो प्रभाव देखाउन कुनै कसर बाँकी राखेको छैन । सोही क्रममा आसन्...

एमालेका युवा पुस्तालाई प्रश्न : भावी प्रधानमन्त्रीमा एमालेभित्र ओली किन निर्विकल्प ? access_timeभदौ १४, २०७९

नेकपा एमालेले आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा समानुपातिक सांसद भइसकेका र राष्ट्रियसभा सदस्य तथा स्थानीय निर्वाचनमा उम्मेदवार भएकालाई उम्मेदवार नबनाउने निर्णय गरेको छ । भदौ १२ गते सम्पन्न पार्टीको चौथो केन्द्रीय कमिटी बैठकले एउटै व्यक्तिलाई पटकपटक जिम्मेवारी नदिने ग...

‘ब्याटल ग्राउण्डमा’ एमालेका १९ ‘हाई प्रोफाइल’ access_timeसाउन २५, २०७९

आगामी मङ्सिर ४ गते प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचन हुने भएसँगै राजनीतिक दलहरूलाई चुनावी चटारोले छोएको छ । २०७२ सालमा संविधान जारी भएपछि दोस्रो पटक हुन लागेको प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि राजनीतिक पार्टी तथा स्वतन्त्र उम्मेदवार समेत चुनावी नतिजा...

खीर खाने कार्यक्रममा छाता ओढेर पुगे अध्यक्ष ओली (तस्बिरमा हेर्नुस्) access_timeसाउन १५, २०७९

नेकपा एमालेले साउन १५ का अवसरमा ‘स्रष्टा भेटघाट तथा खीर खाने कार्यक्रम’ आयोजना गरेको छ । एमालेको साहित्य तथा संस्कृति विभागले आयोजना गरेको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु सहभागी थिए । अध्यक्ष ओली कार्यक्रममा सहभागी हुन छाता ओढेर पुगेका ...

को हुन सक्छ नेकपा एमालेको ‘भरपर्दो’ सहयात्री ? access_timeसाउन ३, २०७९

काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनलाई कायम राख्ने औपचारिक निर्णय गरिसकेको छ । काँग्रेसको यो निर्णयसँगै एमालेका सामु चुनौती थपिएको छ । स्थानीय तह निर्वाचनमा साना दलसँग तालमेल गरेको एमालेले आसन्न निर्वाचनमा सत्ता...

पुष्टि भएका अन्तर्घातमा बिना मोलाहिजा कारबाही ! access_timeअसार २७, २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा अपेक्षित परिणाम आउन नसक्नुमा चार प्रमुख कारण रहेको औँल्याएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको अन्तरपार्टी निर्देशनमा गत निर्वाचनमा ५ दलीय गठबन्धनको घेराबन्दी र...

पौडेल नेतृत्वको एमाले कार्यदलको औचित्यमाथि प्रश्न access_timeअसार २१, २०७९

नेकपा एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवार हराउन भूमिका खेल्ने र अन्तर्घात गर्ने नेता कार्यकर्तामाथि छानबिनसहित कारबाही गर्न कार्यदल बनाएपछि यसको औचित्य र वैधानिकतामाथि नै प्रश्न उठ्न पुगेको छ । नेकपा एमालेको केन्द्रीय सचिवालयको आइतबार ब...

मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्षको तयारीमा एमाले access_timeअसार ६, २०७९

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अनियन्त्रित र चर्को मूल्यवृद्धि विरुद्ध सडकदेखि सदनसम्म सङ्घर्ष गर्ने भएको छ । सरकारले पेट्रोलियम पदार्थमा गरेको पछिल्लो मूल्यवृद्धिसँगै त्यसको प्रभाव हरेक बस्तुमा पर्ने भएकाले महँगीविरुद्ध सशक्त आन्दोलनको खाँचो रहेको एमालेको भनाइ छ । चर्को ...

भुसालमाथिको कारबाही सिफारिस अघि नबढाउन ओलीलाई दबाब access_timeजेठ ३०, २०७९

नेकपा एमालेको अनुशासन आयोगले नेता घनश्याम भुसालमाथि कारबाही सिफारिस गरेपछि पहिलो पटक आज (सोमबार) एमाले सचिवालय बैठक बस्दैछ । तर आजको बैठकमा नेता भुसालमाथिको कारबाही सिफारिसबारे छलफल हुने सम्भावना नरहेको नेताहरूले बताएका छन् । सचिवालय बैठकअघि आइतबार बसेक...

अनुशासन आयोगद्वारा भुसाललाई कारबाहीको सिफारिस access_timeजेठ २१, २०७९

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाहीका लागि सिफारिस गरेको छ । आयोगका एक सदस्यका अनुसार भुसालले पार्टी अध्यक्षका विरुद्धमा अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टीको केन्द्रीय समितिलाई सिफारिस गरेको हो । भुसालले एक ट...

प्रदेश १ : गठबन्धन सफल कि असफल ? access_timeजेठ २१, २०७९

प्रदेश १ मा पहिलो पार्टी बन्न सफल भएको नेपाली काँग्रेसमा गठबन्धनबारे मत विभाजित देखिएको छ । पार्टी सभापति शेरबहादुर देउवा पक्षले गठबन्धन गरेकै कारण सफलता प्राप्त गरेको स्वीकार गरेको छ भने संस्थापन इतरपक्षले भने गठबन्धनकै कारण काँग्रेस सफल भएको मान्न तयार नदेखिएको हो ।...

स्थानीय तह निर्वाचनमा एमाले : पपुलर मत आए पनि पालिकामा खुम्चियो access_timeजेठ १५, २०७९

 नेकपा एमालेले विगतको स्थानीय तहको निर्वाचनको तुलनामा यस पटक कम पालिका जिते पनि मत प्रतिशत भने बढेको देखिन्छ । गत स्थानीय चुनावमा ३२.७ प्रतिशत मत ल्याएको एमालेले यसपटक ३३.३ प्रतिशत मत ल्याएको छ । यसपटक स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेस पहिलो पार्टी भए प...

स्थानीय तह निर्वाचन : मधेसमा बलियो बन्यो एमाले, यस्ता छन् सफलताका राज access_timeजेठ ११, २०७९

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा मधेसमा राम्रो सफलता पाएको छ । गत स्थानीय तहको चुनावमा २० पालिका जितेको एमालेले वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचन अन्तर्गत हालसम्म २९ वटा पालिका जितिसकेको छ । पार्टी विभाजन र सत्तारुढ गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्नुका बाबजुद ए...

खोटाङ्गमा काँग्रेस फैलियो, एमाले खुम्चियो access_timeजेठ ६, २०७९

स्थानीय तह निर्वाचन परिणाम अनुसार खोटाङ्गमा नेकपा एमाले खुम्चिएको छ । २०७४ को स्थानीय तह निर्वाचन परिणामको तुलनामा स्थानीय तह निर्वाचन २०७९ मा एमाले खुम्चिएको हो । २०७४ मा ५ वटा स्थानीय तहको प्रमुख जितेको एमाले अहिले दुई वटा तहमा खुम्चिएको छ । जिल्लाका १० स्थानीय...

थ्रीजी र एमक्यु हुनसक्छ : श्रेष्ठ access_timeबैशाख २७, २०७९

नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले चुनाव हार्न लागेपछि काँग्रेसले थ्रीजी र एमक्यु प्रयोग गर्नसक्ने भएकाले त्यसतर्फ एमाले सचेत रहेको बताएका छन् । बुधबार काठमाडौंमा भएको अन्तिम चुनावी सभामा बोल्दै नेता श्रेष्ठले काँग्रेस विसर्जनतिर गएपछि थ्रीजी र एमक्युको बाटोमा लागेको ...

वीरेन्द्रनगरमा एमालेको घोषणापत्र: साइबार कानुन निर्माणदेखि कुकुरहरूको व्यवस्थापनसम्म (पूर्णपाठ) access_timeबैशाख १७, २०७९

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा नेकपा एमालेले निर्वाचन प्रतिबद्धता सार्वजनिक गरेको छ  । शनिबार बिहान पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै उक्त प्रतिबद्धता सार्वजनिक गरिएको हो  । एमालेबाट वीरेन्द्रनगरको मेयरका मोहनमाया ढकाल (भण्डारी) र उपमेयरमा नीलकण्ठ खनाल...

Page 1 of 8