निषेधाज्ञा

कास्कीमा बढ्दो कोरोना सङ्क्रमणसँगै लम्बियो निषेधाज्ञा access_timeसाउन १९, २०७८

कास्कीमा एक साताका लागि लकडाउन लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा थप खुकुलो बनाउँदै साउन २७ गते राति १२ बजेसम्म थप गरेको हो । यसअघि प्रशासनले साउन ३ गते जारी गरिएको निषेधाज्ञा आदे...

ठाउँ एक, तस्बिर फरक : जाेरबिजाेर हटेपछि यसरी फेरियो काठमाडौँको सडक access_timeअसार २२, २०७८

काठमाडौँ उपत्यकामा आजदेखि यातायातमा लागू गरिएको जोरबिजोर प्रणाली हटाउँदै सबै प्रकारका सवारी साधन सञ्चालन गर्न पाइने भएको छ । नयाँ नियमसहित आज बिहान १ बजेदेखि लागू गरिएको निषेधाज्ञा यही ३१ गते राति १२ बजेसम्म कायम रहने छ । जोरबिजोर प्रणाली हटेसँगै यसअघि सुनसान ...

उपत्यकामा असार २१ गतेसम्म निषेधाज्ञा थपियो, के गर्न पाइन्छ के गर्न पाइँदैन ? (आदेशसहित) access_timeअसार १४, २०७८

कोरोनाभाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्बाइएको छ । आज बिहान बसेको उत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले असार २१ गतेसम्मका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको हो ।  तर जारी गरिएको निषेधाज्ञा...

निषेधाज्ञाले कोरोना संक्रमणको ‘चेन ब्रेक’ भएन : जनस्वास्थ्यविद् access_timeअसार ७, २०७८

  कोरोनाभाइरस (कोभिड—१९) संक्रमणको दोस्रो लहर विस्तारै घट्न थालेको छ । संक्रमणको ग्राफ ओरालो लागेसँगै स्वास्थ्य संस्थाहरुमा संक्रमित बिरामीले सहज रुपमा बेड, अक्सिजन, आइसीयू, भेन्टिलेटर पाउन थालेका छन् । सरकारले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि डेढ म...

निषेधाज्ञाबारे दलका नेताको आक्रोश : खोप र राहत खोई ? access_timeअसार ७, २०७८

  सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञाले डेढ महिना पार गरेको छ । कोरोनाको दोस्रो लहर उच्च भएपछि सरकारले गत बैशाख १६ गतेदेखि निषेधाज्ञा लगाउन सुरु गरेको थियो । काठमाडौंको निषेधाज्ञा असार १४ गतेसम्म थप्ने सरकारले न...

मंगलबारदेखि निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहाेस् सूची) access_timeजेठ ३१, २०७८

काठमाडौं उपत्यकामा मंगलबारदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको छ । पछिल्लाे पटक वैशाख १६ बाट जारी निषेधाज्ञा ज...

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थप access_timeजेठ १७, २०७८

बैतडीमा तेस्रोपटक निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन समितिले जेठ ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेसँगै निषेधाज्ञा थपिएको हो ।  यही जेठ १७ गतेसम्म जारी रहेको निषेधाज्ञालाई जेठ ३१ सम्म कायम रहने प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव प...

निषेधाज्ञामा कडाइ : कोरोनातिर लक्षित कि विपक्षीतिर ? access_timeजेठ १२, २०७८

कोरोना नियन्त्रणको बहानामा सरकारले काठमाडौ उपत्यकामा आगामी शुक्रबारदेखि निषेधाज्ञामा थप कडाइ गर्ने घोषणा गरिसकेको छ । तर, प्रशासनको यो निर्णयलाई विपक्षी गठबन्धनले कोरोनाको बाहनामा सरकार आफ्नो स्वार्थसिद्ध गर्ने अभियानमा केन्द्रीत भएको भन्दै शंकाका रुपमा हेरेको छ । नि...

काठमाडौंमा थप कडाइ : के गर्न पाइन्छ, के पाइँदैन ? (सूचीसहित) access_timeजेठ ११, २०७८

    स्थानीय प्रशासनले काठमाडौं उपत्यकामा निषेधाज्ञालाई थप कडा बनाएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको हो ।  काठमाडौं ...

यी हुन् अहिलेसम्म निषेधाज्ञा लागू नगर्ने दुई जिल्ला access_timeजेठ ८, २०७८

–नारायण ढुङ्गाना विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमण नियन्त्रणमा मुलुक नै केन्द्रित छ । प्राप्त विवरणमा आजसम्म ७५ जिल्लाले निषेधाज्ञा जारी गरी अत्यावश्यक बाहेकका गतिविधि रोक्दै सङ्क्रमण तोड्ने प्रयास गरिरहेका छन् । त्यसबाट केही सकारात्मक परिणा...

काठमाडौँको निषेधाज्ञामा थप कडाइ : के–के गर्न पाइन्छ, के पाइँदैन ? access_timeबैशाख २८, २०७८

काठमाडौं । काठमाडौं उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञाको समय थपेसँगै केही नयाँ निर्णय गरिएको छ ।  यसअघि १५ जनासम्म भेला भएर ब्याङ्क्वेट र होटलमा विवाह गर्न पाउने नियम परिवर्तन गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकमा सहभागी भएका ललितपुरका ...

निषेधाज्ञाले घटायो विजुलीको माग, कुलेखानी आयोजना बन्द access_timeबैशाख २४, २०७८

निषेधाज्ञाका कारण उद्योग व्यवसाय पूर्ण क्षमतामा चल्न नसक्दा विजुलीको माग घटेको छ । यो सँगै भारतबाट हुने आयात समेत कम भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । निषेधाज्ञा अघि (१३ गते) १४ सय ८२ मेगावाट सम्म पिक डिमान्ड रहेकोमा निषेधाज्ञासँगै क्रमशः घट्दै गएको प्राधिकरणक...

‘अफिस टाइम’मा आवागमनः राजधानीका सडकमा बाक्लै देखिए सवारी (फोटोफिचर) access_timeबैशाख १६, २०७८

स्थानीय प्रशासनले सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाएको छ । तर राजधानीका सडकमा कार्यालय समयमा बाक्लै संख्यामा सवारी साधन देखिए । प्रशासनले एम्बुलेन्स, प्रहरी, सरकारी पासबाहक गाडीसहितका अत्यवश्यक सवारीसाधन निर्वाध रुपमा सञ्चालन दिएको छ । यस्तै बैंक तथा वित्ती...

निषेधाज्ञाको पहिलो दिन सुनसान चक्रपथ access_timeबैशाख १६, २०७८

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि जारी गरेको निषेधाज्ञाको पहिलो दिन उपत्यकामा अत्यावश्यक बाहेकका सवारीसाधान चलेका छैनन् । चक्रपथसहित राजधानीका भित्री सडकमा पनि सुनसान देखिन्छ । मानिसहरुको आवतजावत न्यून रहेको छ भने अनावश्यक हिँडडुल गर्नेलाई प्रहरीले होल्ड गरेको छ । ...

सीमामा सेना परिचालनसम्मका सुझाव : निषेधाज्ञा खुकुलो बनाउने विषयमा के होला निर्णय ? access_timeभदौ २४, २०७७

काठमाडौं उपत्यकामा तीन सातादेखि जारी निषेधाज्ञा खुकुलो बनाउन सरोकारवाला निकायले सुझाव दिएका छन् । मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका कोभिड–१९ जिल्ला क्राईसिस म्यानेजमेन्ट सेन्टर (डिसिसीएमसी) को बैठकमा निषेधाज्ञा थप खुकुलो बनाउनेबारे छलफल भएको छ । व्यव...

इजरायलमा प्रधानमन्त्री नेतन्याहूद्वारा कर्फ्युको घोषणा access_timeभदौ २२, २०७७

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कोरोनाभाइरसबाट अति प्रभावित झण्डै ४० वटा शहर बजारमा रात्रिकालीन निषेधाज्ञा (कर्फ्यु) लगाइने आइतबार घोषणा गरेका छन् । इजरायली वरिष्ट अधिकारीहरुको आइतबार अबेरसम्म घण्टौं चलेको परामर्श बैठकपछि उक्त निर्णय घोषणा गरिएको ...

बैतडीमा भदौ ३१ गतेसम्म र डोटीमा एक साता लम्बियो निषेधाज्ञा access_timeभदौ २२, २०७७

बैतडीमा भदौ ८ गतेदेखि जारी निषेधाज्ञा केही खुकुलो पारेर भदौ ३१ गतेसम्म लम्बिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय बैतडीमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकले भदौ २२ गतेदेखि ३१ गतेसम्म निषेधाज्ञा खुकुलो पारी लम्ब्याउने निर्णय गरेको...

कास्कीमा पुनः एक हप्ता थपियो निषेधाज्ञा access_timeभदौ २०, २०७७

कोरोना भाइरसको सङ्क्रमण बढीरहेकाले जिल्ला प्रशासन कार्यालय कास्कीले गर्दै आएको निषेधाज्ञा पुनः एक हप्ता थपेको छ ।  कास्की जिल्लाभर लागू हुने गरी भदौ २७ गतेसम्म सरकारबाट जारी  स्वास्थ्य तथा सुरक्षाका मापदण्ड एवम् सावधानीलाई कडाईसाथ पालना गर्ने गरी निषेधाज्ञाला...

व्यवसायीहरु भन्छन्ः ‘निषेधाज्ञाको स्वरुप परिवर्तन गरौं’ access_timeभदौ १७, २०७७

काठमाडौं । निषेधाज्ञाको स्वरुप परिवर्तन गरी अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा व्यवसायीहरुले जोड दिएका छन् । लामो समय लकडाउन र निषेधाज्ञा जारी हुँदा अर्थतन्त्रमा ठूलो क्षति पुगेको भन्दै व्यवसायीहरुले निषेधाज्ञाको स्वरुप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् । ...

निषेधाज्ञा हटाउन निजी क्षेत्रको माग access_timeभदौ १५, २०७७

चितवनमा तेस्रो साता चलिरहेको निषेधाज्ञा हटाउन निजी क्षेत्रले माग गरेको छ । व्यापार व्यवसाय धराशायी बनेको भन्दै उद्योगी व्यवसायीले निषेधाज्ञा  हटाउन माग गरेका हुन् । जिल्लामा विभिन्न व्यवसायमा आबद्ध निजी क्षेत्रका सङ्घ संस्थाले आइतबार प्रमुख जिल्ला अधिकारी नारायणप्...

Page 1 of 2