केन्द्रीय संस्करण

डेंगु

भक्तपुरमा बढ्दै डेंगु सङ्क्रमित, १९७ मा डेंगु भएको पुष्टि access_timeअसोज २, २०७६

भक्तपुर– देशभरि फैलिएको डेंगु रोग भक्तपुरमा माहामारीका रूपमा फैलिँदै गएको छ । भक्तपुरमा दुई साताको अवधिमा जिल्लामा १९७ जना बिरामीमा डेंगु रोग भएको पुष्टि भएको छ ।  जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अधिकृत पार्थमणि न्यौपानेले भक्तपुर जिल्लामा बुधबारस...

डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको दाबी access_timeभदौ ३०, २०७६

काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषदले डेंगु रोगबारे पर्याप्त अनुसन्धान गरिएको स्पष्ट पारेको छ । डेंगु रोगबारे आवश्यक अनुसन्धान समेत नगरिएको भन्दै सरकारको आलोचना भईरहेका बेला नेपाल स्वास्थ्य अनुसन्धान परिषदले सोमबार पत्रकार सम्मेलन गरी सो रोगबारे मिहिन ढंगले ...

डेंगु रोगबारे सरकारलाई सूचना आयोगको आदेश access_timeभदौ ३०, २०७६

काठमाडौं– राष्ट्रिय सूचना आयोगले मुलुक भित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई आदेश दिएको छ । राष्ट्रिय सूचना आयोगले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था ...

डेंगुको संक्रमणबाट बच्नको लागि सावधानी अप्नाउन रौतहट प्रहरीको अनुरोध access_timeभदौ २५, २०७६

रौतहट– जिल्ला प्रहरी कार्यालय रौतहटले डेंगु रोगको संक्रमणबाट बच्नको लागि सावधानी अपनाउन सम्पूर्ण जिल्लाबासीलाई अनुरोध गरेको छ ।  डेंगु रोगको संक्रमण रौतहट जिल्लामा समेत देखिन थालेको हुँदा सम्पूर्ण नागरिकहरुलाई सचेत रहन रौतहट प्रहरीले अनुरोध गरेको हो ।&nb...

डेंगुबाट मृत्यु access_timeभदौ २५, २०७६

डोटीमा डेंगु संक्रमणबाट एक जनाको मृत्यु भएको छ । क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार दिपायल–झिगढी नगरपालिका थाप्ला गाउँकी ३६ वर्षीय छाया मलासीको उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालमा समयमै नपुर्याउँदा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । यो स...

सरकारी पक्षको दाबी: डेंगुको महामारी अवस्था भएको छैन, भ्रम नछरौं access_timeभदौ २४, २०७६

बुटवल– प्रदेश नम्बर ५ मा डेंगु रोग महामारीको रुपमा अझै नफैलिएको सरकारी पक्षले दाबी गरेको छ । प्रदेश न ५ मा डेंगुको संक्रमणबाट १ जनाको मृत्यु भैसकेको सयौं जना बिरामी भएर थला पर्दा पनि सरकारी पक्षले भने यसलाई सामान्य र विगतका बर्षभन्दा कम प्रभाब भनेको छ । सरका...

डेंगु संक्रमण बढ्दै, यो कसरी सर्छ ? के भन्छन् चिकित्सक ? access_timeभदौ २४, २०७६

काठमाडौं । डेंगुको संक्रमण देशभर फैलिनेक्रम बढे पनि समयमा नै उपचार गरिए सहज रूपमा निको हुने चिकित्सकले बताएका छन् । डेंगुको प्रकोप एक्कासि बढ्दा सर्वसाधरणमा अत्यधिक त्रास देखिन थालेको छ तर समयमा नै उपचार गरे रोगको जोखिमबाट पूर्ण रूपमा बच्न सकिने भएकाले त्रास नमान्न ...

५६ जिल्लामा फैलियो डेंगु, ६ जनाको मृत्यु access_timeभदौ २३, २०७६

काठमाडौँ । देशका ५६ जिल्लामा डेंगुको संक्रमण फैलिएको समयमा स्वास्थ्य क्षेत्रको महत्वपूर्ण जिम्मेवारी बोकेको निकाय स्वास्थ्य सेवा विभाग भने नेतृत्वबिहीन बनेको छ । विभागका महानिर्देशक डा. सुशीलनाथ प्याकुरेल कार्यकाल सकिएसँगै विभाग नेतृत्वबिहीन बनेको हो ।  असा...

डेंगुको त्रास, टेकुमा स्वास्थ्य परीक्षण गराउनेको भीड (फोटोफिचर) access_timeभदौ २३, २०७६

काठमाडौं– वैशाखको अन्तिम साताबाट सुनसरीको धरानदेखि फैलिएको डेंङ्गु रोगको महामारी अहिले मुलुकका अधिकांश जिल्लाहरुमा फैलिएको छ । ५६ जिल्ला भन्दा बढी फैलिएको सो रोगका कारण अस्पतालहरुमा बिरामीको भीड बढिरहेको छ । ७ हजार भन्दा धेरैमा फैलिएको सो संक्रमणका का...

७० हजारलाई डेंगु, वैशाखयता अस्पतालमै पुगेकै बिरामी ७ हजार access_timeभदौ २२, २०७६

पछिल्लो समय प्रकोपका रुपमा फैलिएको डेंगुबाट करिब ७० हजार व्यक्ति प्रभावित भएको चिकित्सकले बताएका छन् ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा(इडिसिडी)को तथ्यांकअनुसार सरकारी अस्पतालमा जँचाउन आएका बिरामी मात्रै बैशाखयता करिब ७ हजार छन् ।  निजी अस्पत...

डेंगु नियन्त्रणबारे चिकित्सकले भने- महामारी होइन समयमै उपचार गराइहाल्नुपर्छ access_timeभदौ २०, २०७६

काठमाडौं–देशभर डेंगुको त्रास बढिरहँदा चिकित्सकहरुले महामारी नभएको तर समयमा उपचार गर्नुपर्ने सुझाव दिएका छन् । रिपोर्टर्स क्लब नेपालमा बोल्दै चिकित्सकहरुले रोग नियन्त्रणका लागि घरदेखि गल्लीसम्म जनचेतना र सरसफाईको अभियान चलाइएको जानकारी दिएका हुन् ।  कार्य...

भयावह डेंगुः राजधानी काठमाडौं नै उच्च जोखिममा access_timeभदौ २०, २०७६

डेंगुबाट राजधानी काठमाडौंलगायत देशभरका ४२ जिल्ला अत्यधिक रूपमा प्रभावित बनेका छन् । लाखौं सर्वसाधारणमा यसको त्रास देखिन थालेको छ ।  सरकारले नियन्त्रणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न नसक्दा यसले दिन प्रतिदिन भयावह रूप लिँदै जान थालेको हो । काठमाडौंमा ...

डेंगुका बिरामी मन्त्री खनाल आईसीयूमा access_timeभदौ २०, २०७६

‘डेंगु नियन्त्रणमा छ, खास असर छैन’ भनेर अवस्था लुकाउँदै  आएको सरकारको पोल कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ नै सो समस्याबाट ग्रस्त भएर अस्पताल भर्ना भएपछि छताछुल्ल भएको छ ।  खनाल डेंगुका कारण बुधबार साँझ टोखास्...

रुपन्देहीमा  डेंगुको संक्रमण बढ्दो, एउटा बेडमा दुई बिरामी access_timeभदौ १५, २०७६

बुटवल– प्रदेश ५ को  तराई भेग वर्दिया, बाँके, दाङ्ग, कपिलवस्तु, रुपन्देही र नवलपसासीमा  डेंगु रोगका बिरामीहरु  बढेका छन् । रुपन्देहीमा मात्र ३७ जना डेंगु रोगका बिरामीहरु यतिबेला उपचार गराइरहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डन डा...

डेंगु नियन्त्रणका लागि भरतपुर महानगरपालिकाले थाल्यो अभियान access_timeभदौ १४, २०७६

चितवन । भरतपुर महानगरपालिकाले डेँगु रोग नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ । अभियान अन्तर्गत महानगरपालिकाले शनिबार बृहत जनचेतनामूलक प्रभातफेरी कार्यक्रम गरेको हो । सचेतनासहित महानगरको कार्यालयबाट निस्किएको प्रभातफेरी, सहिदचोक, कमलनगर, न्युरोडहँुदै पुल...

पोखरामा फैलिदै डेंगु: एक महिनामा ४ सय २९ संक्रमित access_timeभदौ १३, २०७६

पोखरा– पोखरामा डेंगु आतंक फैलिदै गएको छ । शुक्रबारको रिपोर्टले पछिल्लो एक महिनामा मात्रै ४ सय २९ जनामा डेंगुको संक्रमण देखाएको छ ।  स्वास्थ्य निर्देशनालय पोखराका जनस्वास्थ्य अधिकृत बाबुराम आचार्यका अनुसार जनचेतनामूलक कार्यक्रम गर्दागर्दै बेवास्ता गर्नाले पनि न...

प्राणघातक रोग डेंगु सरकारको नियन्त्रणबाहिर access_timeभदौ १३, २०७६

प्राणघातक रोग डेंगुको प्रकोप दिन प्रतिदिन बढ्दै गएको छ । समयमै गम्भीर नभएको अवस्थामा यसले विकराल रूप लिने आशंका बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु नियन्त्रण आफ्नो एकल प्रयासबाट सम्भव नरहेको समेत प्रस्ट पारेको छ ।  डेंगु नियन्त्रणभन्दा त्यसको प्रकोप...

डेंगु रोक्न सुरक्षाकर्मी ! access_timeभदौ १३, २०७६

डेंगु नियन्त्रण नभएपछि सरकारले सेना, प्रहरीसहित सबै पक्षको सहयोग मागेको छ । यो रोग फैलाउने लामुखुट्टे नष्ट गर्न सञ्चालित अभियान प्रभावकारी नदेखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकल्प खोजेको हो ।  चितवनमा नै वर्षदेघि डेंगुले महामारीको रुप लिँदा सेना र प्र...

डेंगु विरुद्धको अभियानमा एकजुट हुन आव्हान access_timeभदौ १२, २०७६

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगु विरुद्धको जनचेतना मुलुक अभियानमा एकजुट हुन सबैलाई आव्हान गरको छ । बिहीबार मन्त्रालयमा आयोजित डेंगु रोग नियन्त्रण तथा रोकथाम सम्बन्धी अन्तरक्रियामा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डेंगु रोग...

पाल्पामा डेङ्गुका बिरामी फेला access_timeभदौ २, २०७६

पाल्पा– पाल्पामा डेङ्गुका बिरामी फेला परेका छन् । साउन महिनामा मात्रै दुई बिरामी फेला परेका हुन् ।  गत वर्ष भदौमा जिल्लामा डेङ्गुका सात बिरामी भेटिएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी माधव ज्ञवालीले जानकारी दिए ।   डेङ्गुको सङ्क्रमण देखिएपछि ...