केन्द्रीय संस्करण

जाजरकोट

अज्ञात समूहद्वारा वडा कार्यालयमा आगजनी access_timeमंसिर २६, २०७६

जाजरकोट । अज्ञात समूहले जाजरकोटको कुशे गाउँपालिका–६ को वडा कार्यालयमा आज आगजनी गरेको छ । आगजनीबाट कागजात, कुर्सी र फर्निचर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए । उनले आगजनी गर्नेको खोजी भइरहेको बताए ।