खगेन्द्र संग्रौला
त्रिचालीस पुरोहित बाजेलाई ज्याला टक्र्याउनुपर्ने एघारौँ दिन बिहान भालेको डाकमा मेरो निन्द्रा खुल्यो । बत्ती बालेँ र कुनै दिन आमाको सम्झनामा केही लेख्नुपर्दा भन्ने अभिप्रायले मनमा पुनःजीवित र पुनःआविष्कृत भएका स्मृति–प्रकरणहरू...
(म यमराजतुल्य सरकारी वकिलको कार्यालयमा छु ।) युवा वकिलले मेरो नाम, थर र वतन लेखे । अनि हातमा कलम लिएर ठट्टाको भाकामा मलाई सोधे, “सर हुन त माओवादी नै हुनुहुन्छ, हकि ? “ठिक छ, त्यै लेख्नोस् ।” मैले मुस्कानमय ...
(खगेन्द्र संग्रौलासँग चन्द्र खाकीको फोन–वार्तां) ‘ट्रिपल बधाई, सर !’ ‘बधाई, त्यसमाथि ट्रिपल ?’ ‘सुखद् संयोग त्यस्तै पर्नगयो त, सर ।’ ‘बुझिनँ । के–के संयोग ? के–क...
(म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।) पाँचौ दिन बिहान एघार बजेतिर बङ्करबाहिर दुईजना मानिस उदाए । अह्ररो अनुहार भएको जुँगामुठेले असईलाई डाकेर यसो केही भन्यो । “सर, तयार हुनोस् ।” फर्केर आउँदै असईले मलाई आदेश थिए । “...
(म अझै दङ्गा प्रहरीको सुरुङमा छु ।) ‘मार्दे, सालेलाई मार्दे !’ चर्पीबाहिर इँटा ओसार्ने दङ्गाकारी जवानहरूको भीड थियो । ती सवैजना म सानो भानुभक्तलाई लक्ष्य गरेर एकै स्वरमा यसरी विषवमन गरिरहेका थिए । बहुदलीय राजमा पनि ...
चालीस प्रश्नको धोक्रो बोकेर ठसठस कन्दै बडीबाजेका पछिपछि कुद्ने गरुडमा चाकरी प्रवृत्ति घनिभूत हुँदै गएको छ । यस्तो लाग्छ, उनी भोको कुकुर लोभी आँखाले मालिकलाई हेरेर पुच्छर हल्लाउँदै पाउमा लुटपुटिएझैँ लुट्पुटिन थालेका छन्, “हे दयासिन्धो ! हे भगवान् ! ...
सैँतीस यमलोकस्थित यमराजको सहर कस्तो छ ? त्यहाँ जाने बाटा कस्ता छन् ? यसको वृत्तान्त सुन्न पाऊँ, प्रभो, जहाँ जाने सौभाग्य धनी, दानी र वेदपाठी ब्राह्मणलाई मात्र प्राप्त हुन्छ । श्री बडीबाजे उवाच, “हे गरुड ! नारद आदि देवर्षिहरूले जानमा योग्य भएक...
तेत्तीस गरुड पुराणको अर्को अध्याय सुरु भयो । मानौँ कि मृतकको छोरो छैन । त्यस्तो अवस्थामा क्रिया कसले गर्ने ? जिब्राका टुप्पामा सबै उत्तरहरूले सज्जित भएका बडीबाजे उत्तर दिनुअघि जीवनको क्षणभङ्गुरताबारे एक लेक्चर दिन्छन् । हजारौँ वर्षसम्म रात–दिन...
उनन्तीस साँझपख म चुरोटको सर्को उडाउँदै बाँसझ्याङछेउको बाटोमा टहल्दै थिएँ, घर हिँडेका पुरोहित बाजे लमक–लमक लम्किँदै मतिर आए । उनका निधारमा तीन धर्के चन्दन थियो र काखीमुनि थियो एउटा सानो पोको । मलाई देख्दा बाजेको मुखमण्डलमा असहज भाव छ...
Title Photo Background: https://www.facebook.com सत्ताइस चर्को घाममा टलक्क चिन्डे टाउकामाथि लामो लर्कने टुप्पी, निधारमा तीनधर्के चन्दनमुनि नाकेडाँडीको फेदमाथि रातो टीका, काँधमा जनैको पासो, जाँघमा धोतीको परिधान— कथावाचक...
चौबीस अहिले दुई अध्यायबीचको छोटो अन्तरालमा कटहरको विशाल वृक्षको छायामा म एक्लै बसेको छु । “आफूले पुजीआएका ब्राह्मणलाई छाडेर अरुलाई जो दान दिइन्छ त्यसलाई अतिक्रमण भनिन्छ ।” बाजेको यो वचन मेरा कानमा गुनगुनाइरह...
तपाईं दशैं कसरी मनाउनुहुन्छ ? यसपटकको दशैं मनाउने सन्दर्भमा तपाईंले कुनै विशेष तयारी र योजना बनाउनु भएको छ कि ? म दशैँ मनाउँदिन । पारिवारिक र लोकदृष्टिमा असामाजिक नदेखिन केवल केही औपचारिकता निर्वाह गर्छु । यो असहमत ...
बीस “श्री गणेशाय नमः”— यातना पुराणको तेस्रो अध्यायको द्वार खुल्यो । गरुड नामक पात्रको यम–मार्ग छिचोलेर यमालयमा पुगेको प्रेत–मनुष्यले कस्तो यातना भोग गर्छ भन्ने प्रश्नको उत्तरमा श्री भगवान् नामक पा...
अठाह्र भयाक्रान्त श्रोताहरूका शिरमा भएको जगरणकारी जलवृष्टिसँगै सुरु भयो यातना पुराणको दोश्रो अध्याय, “श्री गणेशाय नमःः । हरि ओम् तत्सत् ।” कथा आतङ्कमयबाट झन् आतङ्कमय हुँदै अघि बढ्यो । गरुड नामक उनै पात्रको जिज्ञासा...
पन्ध्र मौसममा उग्र प्राकृतिक उष्णता व्याप्त छ, मेरो भग्न चित्तमा पराजयबोधबाट उत्पन्न सन्तापको उष्णता व्याप्त छ । यो कोल्टो र ऊ कोल्टो फेर्दाफेर्दै मेरा कोल्टाहरू थकित र गलित भइसके । दिउँसो रणचण्डीको रूप धारण गरेर ममाथि खनिने क्रोधी र कर्कशा नारीको गर्जनले मेरो चैतन्य अझै आक्...
एघार हिन्दु कर्मकाण्डको छत्रछायामा हाम्रो परिवार चार जातमा विभाजित भयो । पुरोहित बाजे दाइहरूले पकाएको समेत पनि नखाने उच्च तहका शुद्ध ब्राह्मण भए । टुप्पीयुक्त चिन्डे टाउका लिएर आमाको काजक्रिया गर्न एउटै कोठामा कैद भएका दाइह...
आठ बेलुका नाइट बस चढेर मैले विर्तामोडतिर लागेँ । साथमा साँल्दाइको छोरो, मेरो भतिज सुरेश थियो, यात्राको साथी । टिकट उसले दिउँसै मिलाएको रहेछ । आधा तन्द्रा, आधा जागा— हुइँकिरहेको बसमा मेरो रात यसरी नै बित्यो । पूर्व जाँदा ...
छ विहान पाँच बजे म ब्युँझिएँ । मेरा हात–गोडा त्यसैत्यसै विलाएका थिए । मन मरेको थियो । हिजो र आजमै यो कत्रो फरक ! हिजो बिहान म उठ्दा आमा जीवित हुनुहुन्थ्यो, मलिन आँखाले कसरी सिलिङतिर ट्वाल्ल हेरिरहनुभएको थियो ! “कस्...
चार श्रीमतीजी क्याम्पसबाट फर्किँदा आत्मिक अर्थमा आमाको अन्त्य भइसकेको थियो । “आमा !” आमाको निधार छाम्दै उनले डाकिन् । आमाका आँखाका पुतली नजानिँदो गरी चल्मलाएझैँ लाग्यो । तर लोलाएका ती आँखा पुनः सिलिङमै गएर टक्क अडि...
एक राजनीतिक परिस्थिति प्रतिकूल छ । र, यस प्रतिकूलताको पाइदा उठाएर मृत्युले यतिखेर हाम्रो घरमा सङ्कटकालको घोषणा गरेको छ । डाँडाको जूनजस्ती हुनुहन्छ त्रियासी हिउँद काटी चौरासियौं हिउँद टेक्ने सपना साँचेर बाचिरहेकी हाम्री आमा । भौ...