केन्द्रीय संस्करण

कोरोना भाइरस

कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी access_timeअसोज २७, २०७७

काठमाडौँ –  काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् । कतिपय नगरपालिकाले सङ्क्रमितला...

कोरोना परीक्षणका नाममा बढी शुल्क लिए लाइसेन्स नै खारेज हुनसक्ने access_timeअसोज १५, २०७७

काठमाडौं – कोरोना भाइरस परीक्षणका नाममा निजी अस्पतालहरूले ठगी धन्दालाई निरन्तरता दिइरहेका छन् । सरकारले तोकेको शुल्कविपरीत निजी अस्पतालले प्रतिपरीक्षण चार हजार रुपैयाँसम्म शुल्क असुल्दै आएका छन् । सरकारले पीसीआर परीक्षणमा अधिकतम दुई हजार रुपैयाँभन्दा बढी शुल्...

खोटाङ कोरोना सङ्क्रमित मुक्त access_timeअसोज १२, २०७७

सबै सङ्क्रमित उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा फरक–फरक समयमा कोरोना भाइरसबाट सङ्क्रमित २१ व्यक्ति उपचारपछि घर फर्किएसँगै खोटाङ कोरोना सङ्क्रमित मुक्त जिल्ला भएको हो ।   दश स्थानीय तह रहेको जिल्ल...

लक्षण देखिए मात्रै कोरोना परीक्षण access_timeअसोज १०, २०७७

काठमाडौंँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निश्चित मापदण्ड बनाएर त्यसका आधारमा मात्रै व्यक्तिको पीसीआर परीक्षण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्न नयाँ मापदण्ड जारी गरेको हो। मन्त्रालयका प्रवक्ता प्रा....

संक्रमितमध्ये ०.५५ प्रतिशतको मृत्यु access_timeभदौ १४, २०७७

काठमाडौं – देशभर कोरोना भाइरस संक्रमणबाट हालसम्म २ सय ७ जनाको मृत्यु भएको छ । जुन कुल संक्रमितको ०.५५ प्रतिशत हो ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या ३७ हजार ३४० जना पुगेको छ । पछिल्लो एक सातामा ६१ जना संक्रमितको म...

हेलचेक्र्याइँले कोरोना सङ्क्रमण बढ्यो access_timeसाउन ३२, २०७७

काठमाडौँ – इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले अहिलेको अवस्थालाई कोरोना समुदायमा फैलिएको भन्न नमिल्ने बताए ।  पछिल्लो समय कुनै विगत यात्रा वृत्तान्त (ट्राभल हिस्ट्री) नभएका व्यक्तिहरू पनि सङ्क्रमित रहेको जानकारी दिँदै उन...

सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना उपचारका लागि छुट्याउनुपर्ने access_timeसाउन २७, २०७७

काठमाडौंँ – सरकारले सम्पूर्ण अस्पतालमा रहेको २० प्रतिशत बेड कोरोना भाइरस (कोभिड–१९) उपचारका लागि छुट्याउनुपर्ने व्यवस्था गरेको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पताललाई २० प्रतिशत बेड कोरोना उपचारका ला...

लग्जेम्वर्गका पारिवारिक जमघटमा सहभागी ३५ नेपाली संक्रमित access_timeसाउन १८, २०७७

लण्डन – यूरोपेली मुलुक लग्जेम्वर्गका ३५ नेपालीहरु एकैपटक संक्रमित भएका छन् । समितिका अनुसार एक पारिवारिक जमघटमा (वैवाहिक वर्षगाँठ) मा सहभागीसहित ३५ जनामा संक्रमण पुष्टि भएको हो ।  संक्रमितमध्ये एक जनाको अवस्था गम्भीर छ ।  अहिलेसम्म विश्वमा ३८ देशमा...

काठमाडौं उपत्यकामा समुदायस्तरमा फैलिएको छैन कोरोनाभाइरस access_timeसाउन ३, २०७७

काठमाडौं – काठमाडौं उपत्यकामा समुदाय स्तरमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नफैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्पष्ट पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौं , भक्तपुर र ललितपुर जिल्लाका धेरै भीड हुने विभिन्न १२ स्थानमा सङ्कलन ग...

उपत्यकामा कोरोना सङ्क्रमण बढ्दै, समुदायस्तरसम्म फैलियो access_timeअसार २१, २०७७

काठमाडौं – पछिल्ला केही दिनयता काठमाडाँैं उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसंँगै उपत्यकावासीमा त्रास देखिए पनि समुदाय स्तरमा भने कोरोना फैलिनसकेको सम्बन्धित अधिकारीले बताएका छन् । एकैदिन ३२ जनासम्म सङ्क्रमित देखिएस...

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा access_timeअसार १६, २०७७

काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ ।  ९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको...

कर्णालीमा कोरोना निको हुनेको सङ्ख्या ४९४ पुग्यो access_timeअसार ५, २०७७

सुर्खेत – कर्णाली प्रदेशमा कोरोना निको भएर घर फर्किनेको संख्या चार सय ९४ पुगेको छ । विभिन्न आइसोलेसनमा रहेका एक सय ५२ जना गएको बुधबार एकैपटक कोरोना जितेर घर फर्किएपछि कर्णालीमा कोरोना निको हुनेको संख्या चार सय ९४ पुगेको हो ।  दैलेखको महाबु आइसोलेस...

लुकिछिपी आउनेले बढाए उपत्यकामा जोखिम access_timeअसार ५, २०७७

काठमाडौं –  प्रभावकारी कदम चालिए पनि काठमाडौँ उपत्यकामा लुकिछिपी तथा शक्तिका आडमा मानिस प्रवेश गरेका कारण उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएको छ ।  उपत्यकामा बिहीबार मात्र छ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अ...

संक्रमितको उपचारमा प्रतिदिन ३८ हजारसम्म खर्च हुने access_timeजेठ २९, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रतिव्यक्ति प्रतिदिन ३८ हजार रुपैयाँभन्दा बढी लाग्ने अनुमानित लागत तयार पारेको छ। मन्त्रालयले संक्रमित बिरामीको अवस्था र आवश्यकताका आधारमा प्रतिसंक्रमित प्रतिदिन ६ हजारदेखि ३८ हजारसम्म खर्च लाग्ने अनुमान...

अनलाइनबाट सङ्क्रमित भर्ना गरिने access_timeजेठ २६, २०७७

मोरङको सुन्दरहरैँचाको कोरोना उपचार केन्द्रमा अनलाइन प्रणालीबाट सङ्क्रमितको भर्ना गरिने भएको छ । प्रदेश नं १ सरकारले सञ्चालनमा ल्याएको पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजस्थित कोरोना उपचार केन्द्रमा सङ्क्रमितको भर्ना अनलाइन प्रणालीबाट गरिने सामाजिक विकासमन्त्री जीवन घिमिरे...

१० हजार भेन्टिलेटर ‘स्ट्यान्डबाई’ नराखिए मृत्युदर अत्यधिक हुन सक्ने access_timeजेठ १९, २०७७

काठमाडौं – नेपालमा आगामी तीन महिनासम्म कोरोना भाइरस संक्रमणको दर अझै बढ्ने र संक्रमित गम्भीर अवस्थामा पुग्न सक्ने भएकाले कम्तीमा १० हजार भेन्टिलेटर स्ट्यान्डबाइ राख्नुपर्ने स्वास्थ्यसम्बन्धी अनुसन्धानकर्ता तथा चिकित्सकले सरकारलाई सुझाव दिएका छन् । अहिले देशभरमा १ हजा...

४७ जनाको पिसिआर रिपोर्ट नेगेटिभ, घरटोल सिल access_timeजेठ ८, २०७७

जिल्लामा आरडिटी विधिबाट कोरोना भाइरस परीक्षण गर्दा पोजेटिभ आउनेको पिसिआर विधिबाट जाँच गरिएको छ । पिसिआर विधिबाट जाँच गर्न स्वाब सङ्कलन गरी ५० जनाको प्रादेशिक अस्पतालमा पठाइएको थियो । तीमध्ये ४७ मा कोरोना भाइरस नेगेटिभ आएको सिन्धुली अस्पतालका कोभिड–१९ फोकल प...

उपत्यकाका नाकामा विशेष सुरक्षा सतर्कता access_timeजेठ ४, २०७७

काठमाडौं – काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण व्यापक बन्न नदिन काठमाडौँ प्रवेश गर्ने नाका जोडिएका नगरपालिकाले नाकामा विशेष सुरक्षा अवलम्बन गर्न थालेका छन् ।  उपत्यका बाहिरबाट लुकिछिपी उपत्यका छिर्न थालेपछि ती नगरपालिकाले नाकामा विशेष सुरक्षा सतर्...

कोरोना भाइरसः पछिल्लो २४ घण्टामा विश्वभरमा जे भयो access_timeजेठ ३, २०७७

एजेन्सी : जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार संसारभरी कोरोना भाइरसको संक्रमितको संख्या ४५,३१, ८११ पुगेको छ ।  आधिकारिक आंकडाका अनुसार कोभिड–१९ को महामारीका कारण अहिलेसम्म विश्वभर ३०७,००१ को मृत्यु भएको छ ।  यद्यपि, कोरोना भाइरसका कारण मृत्यु...

अमेरिकामा जुन एकसम्म कोरोनाबाट मर्नेको संख्या एक लाख पुग्न सक्ने access_timeजेठ ३, २०७७

एजेन्सी – अमेरिकाको नेशनल पब्लिक हेल्थ इन्स्टिच्युट सेन्टर्स फर डीजीज कन्ट्रोल एण्ड प्रिभेन्सन (सीडीसी) का निर्देशक रोबर्ट रेडफील्डले जुन एक तारिखसम्म अमेरिकामा कोरोना भाइरसबाट मर्नेको संख्या एक लाख पार हुन सक्ने बताएका छन् ।  सीडीएसले १२ वटा छुट्टाछुट्टै भविष्य...

Page 1 of 2