मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

अख्तियारद्वारा सहायक वन अधिकृतविरुद्ध आरोपपत्र दायर

मङ्गलबार, २४ भदौ २०७६, २२ : २०
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा डोटीको लानाकेदारेश्वर सब डिभिजन कार्यालयका सहायक वन अधिकृत (आठौँ तह) सुरेशचन्द्र डिसीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

निजले सेवाग्राहीको काठको छुटपुर्जी सिफारिसलगायत कागजी प्रक्रिया सहज गरिदिएबापत रु तीन लाख २६ हजार घुस लिएको पुष्टि भएपछि आयोगले मुद्दा दायर गरेको हो । आयोगको अनुसन्धान टोलीले अधिकृत डिसीलाई उक्त घुस रकमसहित नियन्त्रणमा लिएको थियो । 

यस्तै आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवा प्रवेश गर्ने विष्णुकुमारी पराजुली (शिक्षिका) विरुद्ध पनि मुद्दा दायर गरेको छ । निजले सेवा प्रवेशका क्रममा पेश गरेको विहार संस्कृति शिक्षा बोर्ड, पटनाबाट जाी गरिएको शैक्षिक योग्यताका प्रमाणपत्र नक्कली रहेको आयोगले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप