बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भ्रष्टाचारविरूद्धको कार्यक्रम घोषणा गर्दै तरुण दल महासचिवले लगाए अध्यक्षमाथि यस्तो आरोप

मङ्गलबार, २४ भदौ २०७६, २१ : ०८
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरूण दलले वडादेखि केन्द्रसम्म भ्रष्टाचारविरूद्ध अभियान चलाउने घोषणा गरेको छ । माउ पार्टी देस्रो चरणको राष्ट्रिय जागरण अभियानमा जटिरहेकाबेला तरुणदले ‘भ्रष्टाचारमुक्त नेपाल, सुशासनयुक्त नेपाल’ अभियान आगाडि सारेको छ । सो अभियान केन्द्रदेखि वडासम्म भएका भ्रष्टाचारको भण्डाफोरमा लागि पर्ने तरूण दलका महामन्त्री भूपेन्द्रजंग शाहीले बताए । 

केन्द्र, जिल्ला, नगररगाउँ, वडा सबै ठाउँमा अहिले देखिएको चरम भ्रष्टाचारविरूद्ध भण्डाफोर अभियान चलाउन तरूण दलका सबै समितिलाई पत्राचार गरिसकिएको शाहीले जानकारी दिए। यद्यपि यो अभियानमा तरुण दलका अध्यक्षले विमति जनाएको बुझिएको छ ।

अध्यक्षले जितजंग बस्नेतले भ्रष्टाचारको विरुद्ध कार्यक्रम गरौ भन्दा सधै टार्ने गरेको शाहीको आरोप छ । सो कार्यक्रम महासचिवले एकलौटी रुपमा  घोषणा गरेका हुन् । भ्रष्टाचारको विरुद्ध कार्यक्रम अन्तरगत अख्तियार घेराउ कार्यक्रम घोषणा गरिसकेको अवस्थामा अध्यक्षले फिर्ता लिएको शाहीको दाबी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप