शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भदौ २७ देखि इन्टर कलेज फुटसल प्रतियोगिता

मङ्गलबार, २४ भदौ २०७६, २१ : ०२
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं – प्ले नेपालको आयोजनामा काठमाडौंमा इन्टर कलेज फुटसल प्रतियोगिता हुने भएको छ ।

भदौ २७ गते हुने एकदिने फुटसल प्रतियोगितामा काठमाडौंका ३२ कलेजहरू सहभगी हुँदै छन् । प्रतियोगितामा अहिले पढ्दै गरेका प्लस टु देखि स्नात्तकोतरसम्मका विद्यार्थीले खेल्ने छन् ।

विजेता टिमलाई एक लाख पचास हजार बराबरको टुर प्याकेज प्रदान गरिने आयोजकले बताएको छ । जसमा स्काइ वर्ड प्याराग्लाइडिङको तर्फबाट  पाराग्लाइडिङ सहित काठमाण्डौ पोखरा दुई तर्फि यातायात र खाने  बस्ने  सुविधा रहेको छ ।

त्यस्तै रनरअप टिमले ५० हजार बराबरको धुलिखेल जिपलाइनको प्याकेज प्राप्त गर्ने छन ।

उत्कृष्ट गोलरक्षक र उत्कृष्ट खेलाडीलाई विशेष प्याकेज पुरस्कार रहेको प्रतियोगिता संयोजक प्रकाश बस्नेतले बताए ।

धन्यन्तरी फुटसल हाँडीगाँउमा हुने प्रतियोगिता प्ले नेपालले  हरेक वर्ष गर्दै आएको फुटसलको पाँचौ संस्करण हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप