शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुर जिल्ला अदालत परिसरमा एनआईसी एशिया बैंकले एक्स्टेन्सन काउण्टर र एटीएम राख्ने

मङ्गलबार, २४ भदौ २०७६, १९ : ५८
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– एन आई सी एशिया बैंकको एक्स्टेन्सन काउण्टर र एटीएम ललितपुर जिल्ला अदालत परिसरमा संचालनमा ल्याउने सम्झौता भएको छ । 

एन आई सी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेलबीच ललितपुर महानगरपालिका वडा नं १५ लगनखेलस्थित ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटीएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको हो । 

सो सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरे ।

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप