बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

हिमालयन बैंक ‘टीएफपी अवार्ड २०१९’बाट सम्मानित

मङ्गलबार, २४ भदौ २०७६, १९ : ४८
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– एशियाली विकास बैंक (एडीबी)ले हिमालयन बैंक लिमिटेडलाई ट्रेड फाईनान्स कार्यक्रम अन्तर्गत उच्चतम कारोबार गरे बापत ‘टीएफपी अवार्ड २०१९–लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको छ । 

एशियाली विकास बैंकद्वारा हिमालयन बैंकलाई बैंकले एशिया प्रशान्त क्षेत्रमा ट्रेड फाईनान्सलाई प्रवर्धन गर्न खेलेको प्रभावकारी भूमिकाको लागि उक्त अवार्ड प्रदान गरेको हो ।

यही सेप्टेम्बर ३ मा सिंगापुरमा आयोजित एडीबी ट्रेड फाईनान्स प्रोग्राम अवार्ड समारोहमा बैंकका महाप्रबन्धक सुशिल जोशी र मुख्य प्रबन्धक सतीश राज जोशीले उक्त अवार्ड ग्रहण गरेका छन् । 

बैंकले यस पटक समेत तेश्रो पटक यो अवार्ड प्राप्त गरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप