अन्जन चम्किएपछि ताइपेईमाथि नेपालको सानदार जित

काठमाडौं – नेपाली टोलीका प्रभावशाली मिडफिल्डर अन्जन बिष्ट चम्किएपछि सन् २०२२ मा कतारमा आयोजना हुने विश्वकप छनोट खेलमा नेपालले चाइनिज ताइपेईमाथि सानदार जित निकालेको छ । मंगलबार भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २–० गोलले हरायो ।
नेपालको जितमा अन्जन बिष्ट नायक बने । अन्जनले खेलको तेस्रो र ६२ औं मिनेटमा गोल गरेका थिए । अन्जनले पहिलो गोल करिबव २५ यार्ड टाढाबाट फ्रिककमा गरेका थिए । ताइपेईका खेलाडीले रवि पासवानलाई लडाएपछि पाएको फ्रिककमा अन्जनले गल्ती गरेनन् । अन्जनले दोस्रो गोल सुजल श्रेष्ठको पासमा गरेका थिए ।
एसियाली देशको दोस्रो चरणको छनोट अन्तर्गत यस जितसँगै नेपालले अघिल्लो खेलमा कुवेतसँगको नमिठो हारलाई केही हदसम्म बिर्साइदिएको छ । जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट तीन अंक बनाएको छ ।
समूह चरणको पहिलो खेलमा नेपाल कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । ताइपेईको भने यो लगातार दोस्रो हार हो । अघिल्लो खेलमा ताइपेई जोर्डनसँग हारेको थियो ।
विश्वकप छनेटमा नेपाल समूह ‘बी’ मा छ । समूहमा नेपालसँगै कुवेत, अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेई रहेका छन् । होम एन्ड अवेका आधारमा खेलाइने दोस्रो चरणको छनोट खेल सन् २०२० को जुन ९ सम्म चल्नेछ । नेपालले अब चाइनिज ताइपेईसँग अर्को खेल सन् २०२० मार्च २६ मा घरेलु मैदान दशरथ रंगशालामा खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड