शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देउवालाई नेविसंघ नेताहरुको ७ दिने अल्टिमेटम, आमरण अनशन बस्ने घोषणा

मङ्गलबार, २४ भदौ २०७६, १९ : १७
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ महाधिवेशन पक्षधर विद्यार्थीहरुले पार्टी नेतृत्वको अकर्मण्यताका कारण भातृ तथा शुभेच्छुक संघ–संस्थाहरु अलपत्र परेको आरोप लगाएका छन् ।  

मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यसतर्फ पार्टी नेतृत्वको ध्यानाकार्षण गराएका हुन् । समयमै महाधिवेशन सम्पन्न गरि सबै भातृ संस्थाहरुको निर्वाचनमार्फत नेतृत्व चयन गरि पार्टीलाई बलियो बनाउनुपर्ने  उनीहरुको जोड थियो । 

पार्टी सुधार गर्नुको सट्टा झारा टार्नको लागि दोस्रो जागरण अभियान शुरु गरि पार्टीका भ्रातृ संस्थाहरुलाई निष्कृय बनाएको उनीहरुको आरोप छ । 

नेविसंघका पूर्व उपाध्यक्ष तथा युवा नेता क्षितिज भण्डारीले तत्कालिन पार्टी सभापति सुशिल कोइरालाको नेतृत्वदायी क्षमता र भूमिका वर्तमान सभापति शेरबहादुर देउवाले अनुशरण गर्नुपर्ने सुझाए । 

पार्टी नेतृत्वले ७ दिनभित्र बरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला पक्षको सम्मानजनक उपस्थितिमा महाधिवेशन गर्ने केन्द्रीय समिति गठन केन्द्रीय कार्यालयमा आमरण अनशन बस्ने भण्डारीको चेतावनी दिए ।

उनले भने,‘पार्टी नेतृत्वले जबरजस्ती गोजीबाट नेविसंघको समिति बनाए हामी समानान्तर कमिटी गठन गरेर अघि बढ्छौं ।’ 

यस्तै नेविसंघका पूर्व केन्द्रीय सदस्य मोती भण्डारीले भातृ संगठनलाई कोमामा राखेर पार्टी जागरण अभियानमा गरिएको भन्दै उनले नेविसंघजस्तो बलियो र जुझारु संगठन जोगाउनको लागि नेतृत्व असक्षम भएको टिप्पणी गरे ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा पार्टी महाधिवेशन प्रतिनिधि लिलाबल्लभ दाहाल ‘काका’ले पार्टी सभापति शेरबहादुर देउवाका साथै युवा नेताद्धय विश्वप्रकाश शर्मा र गगन थापा पनि निकम्मा आरोप लगाए ।
दाहालले पार्टी सभापति देउवालगायत युवा नेताद्धय शर्मा र थापाको सार्वजनिक कार्यक्रममा आफूहरुले कालो झण्डा देखाउने चेतावनी दिए । 

नेविसंघका निवर्तमान कोषाध्यक्ष शिव रिमालले नेविसंघलाई आन्तरिक लोकतन्त्र खोज्न बाध्य तुल्याइएकोमा गुनासो पोखे । रिमालले आन्तरिक लोकतन्त्र खोज्जनको लागि आफूहरु सभापति देउवाको निजी निवास घेर्नसमेत पछि नपर्ने चेतावनी दिए । 

नेविसंघकी निवर्तमान केन्द्रीय सदस्य प्रेमिका रानामगरले पार्टी नेतृत्वले जागरण अभियानको नाममा नौटंकी देखाइरहेको गुनासो पोखिन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप