टाटा हिटाचि खरिदमा ज्योति विकास बैंकले ७०% सम्म कर्जा दिने
काठमाडौं– ज्योति विकास बैंक र सिप्रदी ग्रुप अन्तर्गतको सिप्रदी अर्थ मुभर्सबीच मंगलबार २४ गते सम्झौता भएको छ।
सम्झौता अन्तर्गत सिप्रदी अर्थ मुभर्सबाट सिफारिस प्राप्त ग्राहकहरुले टाटा हिटाचि खरिदको लागि ज्योति विकास बैंकमार्फत ७०% सम्म कर्जा प्राप्त गर्नेछन्।
सम्झौता पत्रमा ज्योति विकास बैंकको तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा सिप्रदी अर्थ मुभर्सको तर्फबाट कम्पनीका नायब महाप्रबन्धक राजेन्द्र कार्कीले हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात ज्योति विकास बैंकबाट टाटा हिटाचि गाडी ग्राहकवर्गहरुलाई ७०% सम्म कर्जा सहित सजिलै प्राप्त हुनेछ। बैंकको देशभरि फैलिएका १०२ वटै शाखाबाट उक्त सवारि कर्जा सेवाको लाभ लिन सकिनेछ।
गुणस्तरिय प्रदर्शन र उत्कृष्ट सेवामार्फत नेपाली अटोमोबाइल्स क्षेत्रमा मन जित्न सफल टाटा कम्पनीको टाटा हिटाचि खरिद गर्न ज्योति विकास बैंकको कर्जा सेवाले ग्राहकहरुलाई थप सहज हुनेछ।
सिप्रदी अर्थ मुभर्सले देशभर फैलिएको आफ्नो सञ्जालबाट सेवाग्राहिहरुलाई टाटा हिटाचि खरिद तथा विक्रि पश्चातको सेवा दिंदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ग्रिनल्यान्डको संसदीय चुनावमा अति राष्ट्रवादी पार्टीलाई सबैभन्दा बढी मत प्राप्त
-
कर्णाली मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?
-
पक्लिहवा कृषि क्याम्पसमा निर्वाचन अधिकृतको राजीनामा माग्दै तालाबन्दी
-
लोकतन्त्रमा पूर्वराजाले पनि आफ्नो पक्षमा जनमत निर्माण गर्न पाउँछन् : अध्यक्ष राई
-
न्यून भिजिविलिटीका कारण विमान आकाशमै ‘होल्ड’
-
महेन्द्र मोरङ क्याम्पसमा नेविसंघको गुण्डागर्दी : निर्वाचन प्रमुखलाई कोठामा थुनेर आगो लगाइयो, प्रहरीद्वारा उद्धार