केन्द्रीय संस्करण

सिटिजन्स बैंकद्वारा महानगरीय प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण

personaccess_timeSep 10, 2019 chat_bubble_outline0

काठमाडौं– सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महानगरीय प्रहरी परिसर ललितपुरलाई ३ थान मोटरसाईकल हस्तान्तरण गरेको छ । 

महानगरीय प्रहरी परिसर ललितपुरमा आयोजित एक कार्यक्रम बिच सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर, ललितपुरलाई ३ थान  मोटरसाईकल प्रदान गरेको हो । 

ललितपुर जिल्लामा कार्यरत प्रहरी कर्मचारीहरुले समय सापेक्ष जनमैत्री प्रहरी सेवा प्रदान गरी समग्र जिल्लामा शान्ति सुरक्षा कायम गरी अपराध मुक्त समाजको निर्माण गर्ने जिम्मेवारी बहन गरेका नेपाल प्रहरीका अधिकृत तथा जवानहरुलाई अझ थप हौसला प्रदान गर्ने अभिप्रायले बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यामाहा एफजेड ३ थान मोटर साईकल तथा साँचो हस्तान्तरण गरेको हो ।

यस किसिमको सहयोगबाट ‘प्रहरी मेरो साथी’ को भावना वृद्धि हुने विश्वास बैंकले व्यक्त गरेको छ । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक,शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.
Loading comments...