बिपीको लोकतान्त्रिक समाजवादको नयाँ परिभाषा आवश्यक छ: प्रदीप पौडेल
काठमाडौं– नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले बिपीको समयको लोकतान्त्रिक समाजवादलाई अहिले नयाँ ढंगले परिभाषित गर्नुपर्ने विचार व्यक्त गरेका छन् । बिपी जन्मजयन्तीको अवसरमा मंगलबार सुन्दरीजलस्थित बिपी संग्रहालयमा आयोजित कार्यक्रममा नेता पौडेलले बिपीवादलाई मान्नु भनेको समयसापेक्ष रुपमा परिवर्तनशील समेत हुनु रहेको धारणा राखे ।
बिपीको समयमा समाज सुधारका लागि धेरै क्रान्तिकारी तथा प्रगतिशील कामहरु भए पनि काँग्रेसले त्यसको स्वामित्व लिन नसकेको धारणा पौडेलले राखे । ‘बिपीसँग तत्कालीन समाजभन्दा १० कदम अघि बढ्न सक्ने अद्भूत क्षमता थियो तर अहिले हामीसँग समाजलाई भेटाउने शक्ति समेत छैन,’ पौडेलले भने । बिपीजस्ता महानायककै कारण नेपाली काँग्रेसको इतिहास विश्वका अरु कुनै देशको गौरवशाली राजनीतिक दलको भन्दा कम नरहेको पौडेलले बताए ।
नेविसंघका पूर्वमहामन्त्री एवम् युवा नेता कुन्दनराज काफ्ले, नेविसंघका पूर्वउपाध्यक्ष रामप्रसाद अधिकारी, नेपाली काँग्रेसका क्षेत्रीय सभापति सन्तोष चालिसे, बिपी संग्राहलयका अध्यक्ष पर्शुराम पोखरेल लगायतका वक्ताहरुले बिपीको विचार कार्यान्वयन नगर्दा काँग्रेस कमजोर भएको भनाइ राखेका थिए । सो अवसरमा संग्राहलय परिसरमा १ सय ६ वटा विभिन्न प्रजातिका बिरुवा रोपिएको नेविसंघका नेता शुशील भट्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ
-
बिहीबार पनि घट्यो नेप्से, २ अर्बको कारोबार
-
‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ नेतृत्वविहीन, अध्यक्ष दाहालसहित दुई सदस्य बाहिरिए
-
नेपालको अर्थतन्त्र बिस्तारै सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी
-
सत्ता गठबन्धनकै समर्थनमा सोडारीले मुख्यमन्त्रीमा दाबी पेस गर्दै
-
पाटन दरबार क्षेत्रमा ‘हेरिटेज वाक’, तस्बिरहरु