‘सरकारले जनताको चाहना सम्बोधन गर्न सकेन’

झापा– राप्रपा (संयुक्त) का प्रवक्ता सगुन सुन्दर लावतीले निर्मला बलात्कार–हत्या प्रकरण, गुठी विधेयकदेखि रवि लामिछाने प्रकरणसम्म आइपुग्दा सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको प्रष्ट भएको बताएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीका कारण जनताले विकल्पको खोजी गर्न थालेको समेत दाबी गरे ।
राप्रपा संयुक्त जिल्ला कार्यसमिति झापाले मंगलबार गरेको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘निर्मला हत्याकाण्ड, गुठी विधेयकर र रवि लामिछाने प्रकरणसम्म आइपुग्दा जनताले विकल्प खोजेको देखिँदै आएको छ । नयाँ नेपालको नारा भनिएपनि यो नारा अब पुरानो भइसक्यो ।’
सरकारले जनताको आकांक्षा र चाहना सम्बोधन गर्न नसके जनताले पूरानै व्यवस्था फर्काउन पनि सक्ने उनको तर्क थियो ।
युवाहरु देशको मेरुदण्ड भएपनि समयमै उनीहरुको समस्या समाधान नगरिए समस्या उत्पन्न हुन सक्ने लावतीले चेतावनी दिए ।
कार्यक्रममा जिल्ला अध्यक्ष ओम मिश्र, सचिव नेत्र कार्कीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पलाई हेर्दै फ्रान्सेली राष्ट्रपति म्याक्रोंले भने-शान्तिको नाममा युक्रेनले आत्मसमर्पण गर्नु हुँदैन
-
श्रम लिएर मात्र वैदेशिक रोजगारीमा जान नेपाली दूतावासको आग्रह
-
गणेशजीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
महाशिवरात्रि मेलाको तयारी पूरा
-
अमेरिकी डलरको भाउ घट्यो, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
इटालियन सिरी’एमा एएस रोमाकोे शानदार जित