शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘सरकारले जनताको चाहना सम्बोधन गर्न सकेन’

मङ्गलबार, २४ भदौ २०७६, १५ : ३८
मङ्गलबार, २४ भदौ २०७६

झापा– राप्रपा (संयुक्त) का प्रवक्ता सगुन सुन्दर लावतीले निर्मला बलात्कार–हत्या प्रकरण, गुठी विधेयकदेखि रवि लामिछाने प्रकरणसम्म आइपुग्दा सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको प्रष्ट भएको बताएका छन् । उनले वर्तमान सरकारको कार्यशैलीका कारण जनताले विकल्पको खोजी गर्न थालेको समेत दाबी गरे । 

राप्रपा संयुक्त जिल्ला कार्यसमिति झापाले मंगलबार गरेको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘निर्मला हत्याकाण्ड, गुठी विधेयकर  र रवि लामिछाने प्रकरणसम्म आइपुग्दा जनताले विकल्प खोजेको देखिँदै आएको छ । नयाँ नेपालको नारा भनिएपनि यो नारा अब पुरानो भइसक्यो ।’

सरकारले जनताको आकांक्षा र चाहना सम्बोधन गर्न नसके जनताले पूरानै व्यवस्था फर्काउन पनि सक्ने उनको तर्क थियो । 

युवाहरु देशको मेरुदण्ड भएपनि समयमै उनीहरुको समस्या समाधान नगरिए समस्या उत्पन्न हुन सक्ने लावतीले चेतावनी दिए । 

कार्यक्रममा जिल्ला अध्यक्ष ओम मिश्र, सचिव नेत्र कार्कीलगायतले पनि आ–आफ्नो धारणा राखेका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप