बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तखारको एक जिल्ला तालिबान लडाकूको कब्जामा

मङ्गलबार, २४ भदौ २०७६, १३ : ४६
मङ्गलबार, २४ भदौ २०७६

तलुकान– उत्तरी अफगानिस्तानको तखार प्रान्तको याङगी काला जिल्ला  तालिबान लडाकू समूहले कब्जामा लिएको स्थानीय एक अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । विगत २४ घण्टासम्म निरन्तर रुपमा तालिबानले आक्रमण गरेपछि याङ्गी काला जिल्लाको मुख्यालय मंगलबार बिहान नै कब्जा गरेको बताइएको छ । 

यसैबीच, तखारको प्रान्तीय सरकारका प्रवक्ता मोहम्मद जावद हजारीले सिन्ह्वालाई याङगी काला जिल्लाको अवस्था  जानकारी दिन सम्पर्क गर्नु हुँदै छोटो उत्तरमा पतन भएको जानकारी दिएका छन् ।  तर थप विवरण दिन भने उहाँले अस्वीकार गरेका छन् । 

दुई दिनअघि याङ्गी काला जिल्लामा आक्रमण गर्न लागेका तालिबान लडाकू समूहले १८ लडाकू गुमाएको बताएका थिए ।  सो कब्जाको क्रममा तालिबानका प्रमुख कमाण्डर मौलावी इमामुदीनसहित १८ जनाको ज्यान गएको  छ ।  तखार र छिमेकमा पर्ने प्रान्त कुन्दुज र बाघलानमा समेत सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा केही टिप्पणी गरेका छैनन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप