सङ्घीयतालाई संस्थागत गर्न दलहरु एकजुट हुनुपर्छः गच्छदार
मङ्गलबार, २४ भदौ २०७६, १२ : ५५

मोरङ– नेपाली काङ्ग्रेसका उपसभापति विजयकुमार गच्छदारले जनताका बलबाट स्थापित सङ्घीयतालाई संस्थागत गर्न राजनीतिक दलहरु एकजुट भएर लाग्नुपर्ने बताएका छन् ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सङ्घीयता राजनीतिक दलहरुका कारण धरापमा पर्न नहुने कुरामा जोड दिए । उपसभापति गच्छदारले नेपाली काङ्ग्रेस पार्टीको दोस्रो चरणको जनजागरण अभियान पार्टीलाई सुदृढ र बलियो बनाउनका लागि भएको बताए ।
उनले सरकारप्रति जनताका अनादर वृद्धि हुन नदिन चनाखो हुनुपर्नेमा जोड दिँदै सरकार जनताका चाहनाअनुसार राज्य सञ्चालन गर्नुपर्ने सुझाव दिए । कोशीपीडितका समस्या विगतका सरकारले पनि गर्न नसकेका र अहिलेको सरकार दुईतिहाइ बहुमतको भएकाले पीडितको समस्यामा विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेबाट लागुऔषध सहित दुई जना पक्राउ
-
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र नचाहिने, राष्ट्र बैंकले गर्यो व्यवस्था संशोधन
-
नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन गर्न अदालतको आदेश
-
‘कार्की साइँला’ को मुख्य भुमिकामा जितु
-
दाजुभाइबिच जग्गा विवादः बन्दुक चलाउन खोज्दा पक्राउ
-
तीनकुने घटनामा संलग्न आरोपमा ‘मेकानिकल इन्जिनियर’ पक्राउ