शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाइपलाइनबाट पेट्रोलियम : आजैबाट पेट्रोलियम पदार्थको मूल्य घट्ने

मङ्गलबार, २४ भदौ २०७६, १२ : ३०
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौँ– पेट्रोल डिजेल र मट्टितेलको मूल्य घट्ने भएको छ । आज रातिबाट पेट्रोल, डिजेल र मट्टितेलको प्रति लिटर २ रुपैयाँका दरले मुल्य घट्ने नेपाल आलय निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले जानकारी दिए । 

उनका अनुसार भारतबाट बाराको अमलेखगञ्जमा पाइपलाइनबाट पेट्रोलियम पदार्थ आउन थालेपछि मूल्य घटाइने भएको हो ।

नयाँ मूल्य लागू भएसँगै पेट्रोलको १०७ र डिजेल तथा पेट्रोलको मूल्य ९५ मा झर्नेछ । यसअघि पेट्रोलको मूल्य १०९ र डिजेल तथा मट्टितेलको मूल्य समान ९७ रुपैयाँ थियो ।

पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार सिंहदरवार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर पाइपलाइनको उद्घाटन गरेका छन् । 

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ ।

यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप