सन्नी लियोनी देखाएर प्रचार भएको ‘पासवर्ड’को व्यवसाय के होला ?

काठमाडौं – फिल्म ‘पासवर्ड’ यही शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म हो । रिलिज मिति नजिकिँदै गर्दा निर्माण युनिटले फिल्म प्रचारमा सन्नी लियोनीको विषयबस्तु अगाडि सारेको छ ।
‘पासवर्ड’मा सन्नी, सन्नीको आइटम रहेको छ भने यसैलाई निर्माण युनिटले फिल्मको प्रचार माध्यम बनाएको छ ।
अश्लिल फिल्मबाट बलिउड भित्रिएकी सन्नीको आइटम रहेको यो पहिलो नेपाली फिल्म हो । त्यसैले पनि अहिले यसको चर्चा छ । फिल्मको आइटम गीतमा उनले बोल्ड ठुम्का लगाएकी छन् ।
पछिल्लो समय नेपाली फिल्मको व्यवसाय जम्न सकेको छैन । कुनै पनि नेपाली फिल्मले लगानी उठाउन सकिरहेको छैनन् । सन्नीको कारणले ‘पासवर्ड’ले राम्रो व्यवसाय गर्ने निर्माण युनिटको दाबी छ ।
बुधबार अर्थात २५ भदौमा प्रिमियर हुने र प्रिमियरका लागि सन्नी नेपाल आउने भनेर निर्माण युनिटले प्रचार समेत गरिरहेको छ । तर सन्नी नेपाल आउने नआउने अझै टुङ्गो छैन ।
अनुपविक्रम शाही, विक्रम जोशी (विक्की), बुद्धि तामाङ, रवीन्द्र झा, प्रविण खतिवडा, धीरेन शाक्य, छुल्ठिम गुरुङलगायतका कलाकारको फिल्ममा अभिनय देख्न सकिन्छ ।
सम्राट बस्नेतको निर्देशन रहेको ‘पासवर्ड’ नेपालबाट चोरेर लण्डन पुर्याइएको मन्दिरको मूर्ति नेपाल फिर्ता गर्न एक नेपालीले गर्ने संघर्षको कथा निर्माण भएको हो ।
लामो समयदेखि यूकेमा बसोबास गर्दै आएका अभिनेता तथा निर्माता विक्रम जोशीले एक्सन, थ्रीलर र सस्पेन्स जनरामा ‘पासवर्ड’ले भरपूर मनोरञ्जन दिने बताउँदै आएका छन् । उन फिल्ममा सन्नी रहनु देशको पनि प्रचार हुने बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ
-
सर्टिफिकेट सच्याइदिन्छु भनेर ठगेको आरोपमा एक जना पक्राउ