पेट्रोलियम पाइपलाइनको उद्घाटनको यस्तो छ तयारी (फोटोफिचर)

लामो समयदेखि चर्चामा रहेको नेपाल भारत पेट्रोलियम पाइपलाइनको आज मंगलबार औपचारिक उद्घाटनसँगै पाइपमार्फत नेपालमा पहिलोपटक पेट्रोलियम पदार्थ आउने भएको छ ।
यसअघि ट्याङ्करबाट पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा अबदेखि डिजेल र पेट्रोल पाइपबाटै आउने छ । पाइप लाइनको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा मंगलबार मध्यान्ह सिंहदरबार र हैदरावादबाट एकैसाथ रिमोट थिचेर उद्घाटन गर्ने तयारी भएको छ ।
भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म निर्माण भएको पेट्रोलियम पाइपलाइनको दुरी ६९.५ किलोमिटर लम्बाइ रहेको छ । पाइपलाइनको नेपालबाट प्रधानमन्त्री केपी शर्मा ओली र भारतबाट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिउँसो १२ बजे स्विच थिचेर उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।
पेट्रोलियम पाइपलाइनको उद्घाटनका लागि भारतीय आयल कर्पोरेसनका कार्यकारी निर्देशक अविजित चौधरीसहित नेपाल आयाल निगमको टोली अमलेखगञ्जमा तयारी अवस्थामा बसेको छ । चार बर्ष अघि २०७२ सालमा नोपल भारतबीच भएको सम्झौताअनुसार भारतले झण्डै ७० किलोमिटर लामो पाइपलाइन बिच्छाएको हो ।
जसमध्ये नेपालतर्फ ३६ किलोमिटर र भारततर्फ ३४ किलोमिटर रहेको छ । यो पाइपलाईन विच्छाउन भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भएको थियो । तर हालसम्म भारतले मात्रै २ अर्ब २५ करोड भारु खर्च गरेको छ ।
यसरी आउँछ पाइपबाट पेट्रोलियम
नेपालमा डिजलको माग धेरै भएकोले यो पाइपलाइनबाट सुरुमा डिजलमात्रै आउनेछ । पाइपलाइनबाट प्रतिघण्टा २ सय किलोलिटर अर्थात २ लाख लिटर र २४ घण्टामा ४८ लाख लिटल डिजल आउने नेपाल आयल निगमका डिपो प्रमुख प्रमुख प्रदिप यादवले जानकारी दिए ।
पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भैसकेका छन् ।
पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल र नापजाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल रुम पनि बनिसकेको छ । पाइपलाइनबाट पेट्रोलियम पदार्थ नेपाल भित्रिएपछि ढुवानीमा बार्षिक ७० देखि ८० करोड रुपैयाँ बचत हुने नेपाल आलय निगमले जनाएको छ । कम्प्युटरकै माध्यमले पाइपलाईन बन्द र खुला गर्न अमलेखगञ्जमा कन्ट्रोल रुम राखिएको छ र आज उद्घाटन भएसँगै पेट्रोलियम पदार्थ अमलेखगञ्जमा झर्न सुरु गर्नेछ ।
भिडियो हेर्नुहोस्
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जना इन्स्पेक्टरको काज, पुल्चोकमा गम्भीरजंग थापा
-
ज्ञानेन्द्रको अभिव्यक्तिले तात्यो संसद् : माओवादी मौन, कांग्रेस–एमालेको प्रतिवाद
-
सशस्त्र प्रहरीकी इन्स्पेक्टर सन्तोषी महत मृत फेला, डीआईजीको नेतृत्वमा छानबिन समिति
-
प्रवास एसियामा माओवादी अभियान : १० हजार सदस्य थप्ने योजना
-
सचिवद्वय पोखरेल र सिंहको बिदाई
-
कोशी प्रदेशसभामा विधेयक सर्वसम्मतिले पारित