शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मेस्सीले जिते 'बेस्ट खेलाडी' अवार्ड

मङ्गलबार, २४ भदौ २०७६, १० : २६
मङ्गलबार, २४ भदौ २०७६

‘इएसपीवाई बेस्ट इन्टरनेसनल मेन्स फुटबल प्लेयर अफ दि इयर’ अवार्ड अर्जेन्टिना एवं बार्सिलोनाका कप्तान लियोनल मेस्सीले जितेका छन् । अमेरिकी स्पोर्ट्स अनलाइनल संस्था इएसपीएनले समर्थकको मतका आधारमा प्रदान गर्ने यस अवार्ड मेस्सीले जितेका हुन् ।  

मेस्सीले यस अवार्डको मनोनयनमा परेका युभेन्ट्सका स्टार क्रिस्टियानो रोनाल्डो, लिभरपुलका भर्जिल भान डाइक र पीएसजीका केलियन एमबाप्पेलाई पछि पार्दै अवार्ड जितेका हुन् । 

समर्थकले मेस्सीलाई सर्वाधिक मन पराए । गतवर्ष यस अवार्ड रोनाल्डोले जितेका थिए । मेस्सीले हालै मात्र युईएफए वर्ष खेलाडी फरवार्ड जितेका थिए । मेस्सी, भान डाइक र रोनाल्डो फिफा बर्ष खेलाडी अवार्डको पनि दौडमा छन् । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप