शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कास्कीबाट वामदेव गौतमलाई उम्मेदवार बनाउने नेकपाको तयारी

मङ्गलबार, २४ भदौ २०७६, ०८ : ५७
मङ्गलबार, २४ भदौ २०७६

काठमाडौं– नेकपाले कास्की क्षेत्र नम्बर २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ । 

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री एवम् कास्की–२ का निर्वाचित सांसद रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो । 

पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली नजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतलाई उदृत गर्दै आजको राजधानी दैनिकमा खबर छापिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप