शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मनमौजी स्थानीय जनप्रतिनिधिः  स्वीकृतिबेगर विदेश भ्रमण

मङ्गलबार, २४ भदौ २०७६, ०७ : १५
मङ्गलबार, २४ भदौ २०७६

विराटनगर महानगरपालिकाले प्रमुख भीम पराजुली र प्रमुख कार्यकारी अधिकृत एकदेव अधिकारी जापानमा विपद् व्यवस्थापन कार्यक्रममा भाग लिनेसम्बन्धी प्रस्ताव अनुमोदन गरिदिन भदौ ३ मा पठाएको पत्र मन्त्रिपरिषद्मा अझै विचाराधीन छ तर पराजुली र अधिकारी जापान उडिसेका छन् । 

फिनल्यान्डको हेलसिन्कीमा भदौं १६–१८ मा आयोजित पर्यटनसम्बन्धी कार्यक्रममा भाग लिन काठमाडौँ महानगरपालिकाले प्रमुख विद्यासुन्दर साक्य र उपमेयर हरिप्रभा खड्कीको नाम अनुमोदनका लागि पठाएको पत्र संघीय मामालिा  तथा सामान्यप्रशासनमन्त्री लालबाबु पण्डितले अस्वीकृत गरिदिए  तर शाक्य र खड्की फिनल्याण्ड प्रस्थान गरे । 

विराटनगर र काठमाडौँका  जनप्रतिनिधिझैं संघीय सरकारको स्वीकृतिबिनै विदेश भ्रमणमा जानेहरु अरु थुप्रै छन् । यो समाचार कान्तिपुर दैनिकमा मातृका दाहालले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप