मौरी पालनबाट वार्षिक १० लाख आम्दानी
काठमाडौं– उनले २०५२ सालमा मौरीपालन व्यवसाय सुरु गर्दा बजार खासै थिएन । तर, तत्कालिन समयमा चित्तबुझ्दाे बजार नभएपनि स्थानीय स्तरमै केहि गर्ने अठोटका साथ उनले एपी आई एस मेलिफेरा जातको एक घार मौरीबाट यो व्यवसाय थालेका थिए ।
उनी अर्थात चितवन रत्ननगरका देव मानन्धर जो अहिले एक मौरीपालक ब्यवसायीका रुपमा दह्रिएका छन् । २२ वर्षे मौरीपालन व्यवसायको दौरानमा देवले धेरै हण्डर र ठक्कर पनि खाए । अनेकन समस्या चुनौति खेपे । तर उनले हिम्मत नहारी र चुनौतिको सामना गर्दै आफूलाई एक सफल व्यवसायीको रुपमा स्थापित गराइछाडे ।
देवले २०५२ मा एपि.आइ.एस मेलिफेरा जातको एक घार मौरीबाट उनले यो ब्यवसाय सुरु गरेका हुन् । त्यतिबेला नेपाल सरकारले अनुदानमा उपलब्ध गराएको मौरीको एक घारबाट अहिले उनी १ सय २५ घारको मालिक बनेका छन् । अहिलेको अवस्थासम्म आइपुग्दा देब ब्यवसायले नसोचेको परिवर्तन ल्याएको ठान्छन् । भन्छन, ‘आफ्नो ठाँउमा भएको कुरालाई आधुनिकीकरण गर्ने हो भने नेपालमा कृषिको धेरै सम्भावना रहेको छ । कृषिबाटै जीवनस्तर उकास्न सम्भव छ ।
अहिले देवको परिवारको मुख्य ब्यवसाय नै यही बनेको छ । ४० वर्षीय देवको १० जना मौरीपालनमै खटिएका छन् । ब्यवस्थापन संकायमा अध्ययन गरेका देव मौरीलाई चराउनको लागि विभिन्न जिल्लामा पुर्याउछन् । तोरी, चिउरीलगायतका फूल्ने समयमा दाङ, चितवन, वुटवल, भैरहवासम्म उनी मौरीलाई चराउन पुग्छन् ।
वार्षिक १० लाख कमाई
देवले मौरी पालन ब्यवसायबाट देवले अहिले मासिक आठ देखि १० लाख रुपयाँसम्म आम्दानी गर्दै आएका छन् । उनले सो व्यवसाय सुरु गर्दा सुरु गर्दा मौरीको महको बजार खासै थिएन । त्यतिबेला प्रति किलो ९० रुपैयाँमा नै बेच्न बाध्य थिए, उनी ।
त्यो समयमा मौरी पालन ब्यवसायमा लाग्नेको संख्या कम र बजारमा पनि खासै माग नहुँदा समस्यामा पनि परे । तर पनि उनले हरेस नखाई आफू यही पेशामा लाग्ने निणर्य गरे । संघर्षको फल ढिलोचाँडो मिल्छ भनेजस्तै उनले अहिले यही व्यवसायबाट मनग्य आम्दानी गर्न सफल भइछाडेका छन् । उनले अहिले एक किलो मौरीको मह लाई २ सय ४६ रुपैयामा बेच्दै आएका छन् ।
भारतीय कम्पनीको माग
चितवन मौरी पालन व्यवसायको लागि पकेट क्षेत्र हो । उनले चितवनको रत्ननगरको टिकौलीमा उत्पादन गरेको मौरीको मह नेपालमा मात्रै नभएर विदेशमा पनि पठाएका छन् । देवले दुईवटा भारितय कम्पनीसंग सहकार्यमा काम गरिसकेका छन् । सुरुमा देबले चलेको भारतिय कम्पनी डाँबरमा मह पठाउने गरेका थिए । तर डाबरसंगको सहकार्य लामो समयसम्म टिक्न सकेन । दुई वर्षको सहकार्य पछि उनले अहिले पतंजली आयूर्वेदकलाई मौरीको मह बेच्ने गरेका छन् ।
पतंजली आयूर्वेदकको वीरगंजमा रहेको शाखाले मह लाने गरेको छ । पतञ्जली आयूर्वेदकसंगको सहकार्य राम्रो भएको उनको भनाई छ । देवले पतंजली आयूर्वेदकलाई एक पटकमा ६ हजार केजीसम्म मह बेच्दै आईरहेका छन् । मौरी पालन कृषकहरुको लागि यसरी ब्यापार गर्ने ठाँउ हुँदा निकै खुशी लागेको बताए ।
मौरी पालन व्यवसायमा राम्रो आम्दानी गर्दै आएका देव अहिले भने थोरै आत्तिएका छन् । कारण अहिले चितवानमा आएको बाढी । बाढीले आफ्नो सबै मौरीको घाँरहरु डुवानमा रहेको र मौरीको अवस्था कस्तो छ भन्ने कुरा बुझ्न र ठाँउ सार्ने मौका सम्म नपाउदा समस्या भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व प्रधानमन्त्रीहरूसँग ओली : यसपटक चीनसँग ऋण सम्झौता गर्दिनँ
-
बालेन र हर्कलाई मुकुलको आह्वान : वैकल्पिक राजनीतिक धार निर्माणका लागि एकजुट हौँ
-
काठमाडौँ–१६ को उपनिर्वाचनमा १० स्वतन्त्रसहित १८ जना मैदानमा, कसको चुनाव चिह्न के ? (सूचीसहित)
-
रुकुम पश्चिममा चक्कु प्रहार गरेर छोराले गरे बाबुको हत्या
-
उत्तर प्रदेशको सम्भल हिंसामा मर्नेको सङ्ख्या ४ पुग्यो
-
पुसबाट सरेर फागुनमा पुग्यो ‘मायावी’