हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ
जेनेभा- संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले आत्महत्या गर्ने गरेको देखिएको छ ।
प्रतिवेदनमा आत्महत्या गरेर मृत्यु हुनेहरुको भन्दा धेरै बढी अन्य घटनाबाट मर्नेको संख्या रहेको उल्लेख गरिएको छ ।
विषेशगरी युद्व, हत्या, स्तन क्यान्सरलगायतका कारण मृत्युका मुख्य कारण रहेको डब्लुएचओले सोमबार जनाएको छ ।
पछिल्लो विवरण अनुसार, राष्ट्रसंघीय स्वास्थ्य निकायले विश्वभरी आत्महत्या गर्नेको संख्या भने पहिलेको तुलनामा अहिले घटेको उल्लेख गरेको छ ।
तर जनसंख्या नै बढेकाले आत्महत्या गर्नेको संख्या बढेको जस्तो देखिएको राष्ट्रसंघीय अधिकारीहरुले जनाएका छन् ।
“प्रतिरोध बढ्दो क्रममा छ, हरेक ४० सेकेण्डमा आत्महत्याका कारण एक जनाको मृत्यु हुनेगरेको छ,” डब्लुएचओका महानिर्देशक तेड्रोस अधानोम ग्हेब्रेयेसुसले भने ।
उनले हरेक मृत्यु मृतकका परिवारजन, साथी र सहपाठीहरुका लागि पिडादायक हुने गरेको उल्लेख गरे । तर आत्महत्या दर कम भएका मुलुकमा प्रत्येक एक लाखमा औसत पाँच जनाले आत्महत्या गर्ने गरेका र सवैभन्दा बढी गुयानामा औसत ३० जनाले आत्महत्या गर्ने गरेका अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
विश्वभरी आत्महत्या गर्नेको सङ्ख्या हेर्दा सन् २०१० देखि सन् २०१६ सम्ममा झण्डै १० प्रतिशत घटेको देखिएको छ ।
तीमध्ये पश्चिमी क्षेत्रमा २० प्रतिशतले गिरावट आएको छ भने दक्षिण–पूर्वी एसियामा ४।२ प्रतिशतले मात्रै घटेको छ ।
संसारमा अमेरिका मात्रै एउटा त्यस्तो देश हो जहाँ पछिल्लो समयमा आत्महत्याको घटना बढ्दो छ । पछिल्लो छ बर्षको अवधिमा छ प्रतिशतकै दरले आत्महत्या गर्नेको सङ्ख्या बढेको अधिकारीहरूले जनाएका छन् ।
“तपाई हामी सवैलाई थाहा छ कि अमेरिका र यस क्षेत्रमा आत्महत्याका घटना धेरै हुनुमा बन्दुक नै मुख्य कारण हो,” डब्लुएचओको मानसिक स्वास्थ्य विभागका एक अधिकारीले पत्रकारहरूसँग भने ।
उनीहरुका अनुसार झण्डै ३८ देशमा आत्महत्या गर्नेको संख्या घट्दो छ, अन्य देशहरुले पनि उनीहरुका उपायहरु सिक्नु पर्ने देखिन्छ । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान
-
धावनमार्ग नजिकका पक्की पर्खाल भत्काउँदै दक्षिण कोरिया
-
अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ
-
कवाडी व्यवसायीको विषयमा जसपा नेपालले गरायो सरकारलाई ध्यानाकर्षण
-
पौडेल र सेयर बजारको ‘ट्युनिङ’ पनि फेल