अख्तियारद्वारा कार्यालय प्रमुखविरुद्ध विशेष अदालतमा मुद्दा दायर
सोमबार, २३ भदौ २०७६, २२ : २२

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख रघुपति चौधरीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ ।
अख्तियारले उहाँविरुद्ध ६३ हजार ५७७ रुपियाँको दोब्बर जरिवाना गरी पाउन माग दाबीसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनका अनुसार चौधरीले वार्षिक कार्यक्रमबमोजिम कफी खेतीको प्रवद्र्धनका लागि कृषकलाई उपलब्ध गराएउने सामग्री खरीदमा अनियमित गरेको पाइएको भन्दै मुद्दा दायर गरिएको हो । अख्तियारले तत्कालीन कार्यालय प्रमुख चौधरीलाई भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ७ बमोजिम बिगोसहित मुद्दा दायर गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ, कसको मूल्य कति ?
-
वैशाख अन्तिममा जुम्ला-रारा अल्ट्रा म्याराथन
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार