काँग्रेस जागरण अभियान : शीर्ष नेताले भोली कहाँ– कहाँ सम्बोधन गर्दैछन् ?

काठमाडौं – नेपाली काँग्रेसले मंगलबारदेखि सुरू हुने दोस्रो चरणको राष्ट्रिय जागरण अभियानका लागि प्रतिनिधि खटाएको छ। ३ सय ३० निर्वाचन क्षेत्रमा असोज ७ गतेसम्म कार्यक्रम गर्नका लागि काँग्रेसले सोमबार प्रतिनिधि खटाएको हो। जसमा अधिकांश प्रदेशसभाका उम्मेदवार प्रतिनिधि रहेका छन् । केही ठाउँमा पूर्वसांसद र पूर्व जिल्ला सभापतिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।
यता, पार्टीका पदाधिकारीलाई पनि विभिन्न जिल्लामा खटाइएको छ । कार्यक्रम तालिकाअनुसार सभापति शेरबहादुर देउवाले सुनसरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै महामन्त्री डा.शशांक कोइरालाले मकवानपुर, महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौँं र सहमहामन्त्री डा.प्रकाशशरण महतले पनि काठमाडौंकै सभालाईे सम्बोधन गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग
-
प्रधान सेनापतिद्वारा दुई पृतनाको निरीक्षण भ्रमण
-
१२ सयबाट ३२ सय विद्यार्थी पुर्याएर बिदा भए अध्यक्ष दंगाल