मन्त्र ब्यान्डको टिम चढेको गाडी दुर्घटना
सोमबार, २३ भदौ २०७६, १९ : ४९
पोखरा– मन्त्र ब्यान्डका सदस्य चढेको गाडीको ब्रेक फेल भएको छ । गाडीको ब्रेक फेल हुँदा ब्यान्डका ४ सदस्य घाइते भएका छन् । पोखरा १८ सराङकोटबाट झर्दै गर्दा गाडिको ब्रेक फेल भएको थियो । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
दुर्घटनाबाट गाडिको अगाडिको भाग कुच्चिएको छ । ब्यान्डका सदस्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । ‘त्यस्तो आत्तिन पर्ने गम्भीर केही छैन’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी राजकुमार केसीले भने, ‘सबैको अवस्था सामान्य नै छ । गाडीको ब्रेक फेल भएर भित्तामा ठोक्किन पुगेको रहेछ ।’
मन्त्र ब्यान्ड दार्जिलिङबाट सुरु भएको ब्यान्ड हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाबुरामलाई गंगाको प्रश्न : माओवादी कसरी दुस्मन शक्ति भयो ?
-
झुलाघाट नाका पुनः सञ्चालनमा
-
सोमपालले नै दिलाए नेपाललाई तेस्रो सफलता
-
बाबुरामलाई राष्ट्रपति दिएको भए १५ दिनमा पार्टी एकता हुन्थ्यो : यादव
-
तत्काल ‘वामपन्थी एकता’ नदेख्ने ओलीको ३१ पन्ने प्रतिवेदन
-
तीन हप्ताको अल्टिमेटम दिँदै केसीले दिए सत्याग्रहको चेतावनी