शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

हिन्दु धर्मबारे बाबुरामको अभिव्यक्ति आपत्तिजनक : कमल थापा

सोमबार, २३ भदौ २०७६, १८ : ३३
सोमबार, २३ भदौ २०७६

हेटौडा – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले हिन्दु धर्मको विषयमा दिएको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन् । हेटौंडामा सोमबार आयोजित प्रशिक्षण कार्यक्रममा थापाले पूर्वप्रधानमन्त्री जस्तो जिम्मेवार व्यक्तिले भड्काउ अभिव्यक्ति दिनु र धर्म परिवर्तनमा उक्साउनु संविधानको मर्म र भावना विपरित भएको दाबी गरे । 

हिन्दु धर्मले जन्मको आधरमा कहि कतै छुवाछूतको कुरा उल्लेख नगरेको बताउदै धार्मिक ग्रन्थ राम्ररी अध्यक्ष गर्न सुझाउ दिए । उनले भने, ‘भट्टराईजी म सङ्गै अध्ययन गरेको मित्र हुनुहुन्च, हिन्दु धार्मिक ग्रन्थले कही कतै जन्मको आधारमा छुवाछूत र विभेद गर्ने कुरा गरेको छैन । जातिय द्वन्द्व हुने तर्क गर्दै हिड्नु जिम्मेवार व्यक्ति लागि अशोभनीय  हुन्छ ।’ 

१९ भदौमा बाबुराम भट्टराईले ‘जुन धर्मले तपाईंलाई पैतालाबाट जन्मिएको भनेर जन्मेदेखि नै अपमान र विभेद गर्छ त्यही धर्म किन स्वीकार गर्नुहुन्छ भन्दै दलित समुदायका जनप्रतिनिधिलाई प्रश्न  गरेका थिए ।

थापाले मुलुक ठूला दल, ठूला कर्मचारी र ठुला व्यवसायीको सेटिङ्गमा मनपरी ढंगले संचालन भएको आरोप लगाए । कोही कसैसँग डराउनु नपर्ने भन्दै थापाले ब्रम्हलुटको विरुद्ध जनता जाग्नु पर्ने बताए  ।

उनले भने, ‘भ्रष्टाचार,बेरोजगारी र धर्मपरिवर्तन जस्ता समस्या समाधान गर्न नेकपा असफल भयो,नेपाली कंग्रेस निरिह बन्यो। यी समस्या समाधान गरि सबल र सम्बृद्ध नेपाल बनाउन सक्ने बलियो विकल्प देशले खोजेको छ। वैचारिक,संगठनात्मक र नेतृत्वको आधारमा त्यो विकल्प बन्न सक्ने क्षमता राप्रपामा मात्र छ ।

प्रशिक्षणमा जिल्लाका १ सय १५ प्रशिक्षार्थिको सहभागीता रहेको थियो । राप्रपा पछिल्लो समय देशव्यापी प्रशिक्षणको अभियानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप