बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'क्यान्सरलाई जितेर' भारत फर्किदै ऋषि कपूर

सोमबार, २३ भदौ २०७६, १७ : ४२
सोमबार, २३ भदौ २०७६

मुम्बई – बलिउड अभिनेता ऋषि कपुर भारत फर्किने भएका छन् । उनी मंगलबार भारत फर्कन लागेका हुन् । बिगत एक वर्षदेखि उनी अमेरिकाको न्यूयोर्क शहरमा उपचारको क्रममा रहँदै आएका थिए । 

क्यान्सर उपचारका लागि न्यूयोर्क पुगेका ऋषि अहिले क्यान्सर मुक्त भएका छन् । त्यसैले उनी भारत फर्किन लागेका हुन् । 

ऋषि कपुरकी छोरी रिद्धिमाले पनि इस्टामा एक तस्बिर शेयर गर्दै ऋषि भारत फर्कन लागेको जानकारी गराएकी छन् । 

ऋषिको पछिल्लो फिल्म ‘झुठा कही का’ गत १९ जुलाइमा रिलिज भएको थियो । फिल्ममा ऋषिको अलवा जिमी शेरगिल, लिलिट दुबे, ओमकार कपुर र मनोज जोशी पनि मुख्य भुमिकामा देखिएका थिए ।

फिल्म समीप कांगले निर्देशन गरेका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप