बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी ज्ञवालीबीच भेटवार्ता, ३ वटा समझदारीपत्रमा हस्ताक्षर (फोटोफिचर)

सोमबार, २३ भदौ २०७६, १७ : १८
सोमबार, २३ भदौ २०७६

काठमाडौं– नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेपाली समकक्षी प्रदीपकुमार ज्ञवालीबीच भेटवार्ता भएको छ । 

बिहीबार राजधानीको याक एण्ड यति होटलमा दुई मन्त्रीबीच औपचारिक भेटवार्ता भएको हो । 

भेटका क्रममा दुई पक्षीय हित, आपसी सम्बन्ध र चासोका विषयमा छलफल भएको बताइएको छ । 

सोही क्रममा नेपाल र चीनबीच विभिन्न ३ वटा समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ । 

जसअनुसार मनाङमा चीनले ३५ करोड रुपैयाँ सहयोगमा अस्पताल बनाउने, आपतकालीन राहतका लागि ३ हजार टेन्ट उपलब्ध गराउने, चिनियाँ स्वयं सेवक शिक्षकहरु नेपाल आउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

आजै चिनियाँ विदेशमन्त्रीको सम्मानमा परराष्ट्रमन्त्री ज्ञवालीले रात्रिभोजको आयोजना गरेका छन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप