
ADVERTISEMENT
यौन दुर्व्यवहारको आरोपमा पूर्वसभासद् घिसिङ पक्राउ

ललितपुर । प्रहरीले पूर्वसभासद् योगेन्द्र घिसिङलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरकी एसपी दुर्गा सिंहले घिसिङ पक्राउ परेको पुष्टि गरिन् ।
एसपी सिंहका अनुसार सार्वजनिक यातायातमा एक कलेज पढ्ने युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा घिसिङलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका घिसिङलाई जिल्ला अदालत ललितपुरमा म्याद थप्ने तयारी भइरहेको एसपी सिंहले जानकारी दिइन् । पक्राउ परेका घिसिङमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
घिसिङ २०७० मा तत्कालिन माओवादीबाट समानुपातिक सांसद थिए ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
- Sept. 11, 2019, 6:20 a.m. Krishna Subediकडाभन्दा कडा कार्वाही हाेस् । याे जनताकाे चाहना हाे । तर जाेगाउन लाग्ने राजनैतिक शक्ति र अार्थिक चलखेल राेक्ने उपाय के हाेला ?
- 0 Reply
कमेन्ट गर्नेहोस्
info_outline
तपाईको ईमेल गोप्य राखिनेछ
Loading comments...