बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सिद्धार्थ बैंकको शाखा कालोपुल, नरदेवी र दुधौलीमा

सोमबार, २३ भदौ २०७६, १६ : १७
सोमबार, २३ भदौ २०७६

काठमाडौं– सिद्धार्थ बैंकले २०७६ भाद्र २३ गते सोमबार काठमाडौंको कालोपुल, नरदेवी र सिन्धुलीको दुधौलीमा एकैसाथ नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको हो । 

बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधाका साथमा अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप