केन्द्रीय संस्करण
पुनर्निर्माण

पुनर्निर्माणमा मिचिँदै सांस्कृतिक सम्पदाको मौलिक शैली

person explore access_timeभदौ २३, २०७६ chat_bubble_outline0
माया श्रेष्ठ

रातोपाटी

विगत २० वर्षदेखि नेपाली कला संस्कृति, सभ्यता र सम्पदाको मौलिक पहिचान र वस्तुकलाको झल्को दिने नयाँ संरचना निर्माण हुँदैछन् । सँगैसँगै पुरानालाई यथास्थितिमा जीर्णोद्धार हुँदै आएको छ । २०७२ सालमा आएको भूकम्पले क्षति पुर्याएका मठ, मन्दिर तथा ऐतिहासिक सम्पदा पुनर्निर्माणमा भएको ढिलाइ, परम्परागत सांस्कृतिक सम्पदाहरूको जीर्णोद्धार गर्नेक्रममा पुरानै कला शैलीलाई हुबहु अपनाइएको छ छैन ? सम्पदाको जीर्णोद्धार गर्दा भत्काउनुपर्छ कि पर्दैन लगायत विषयमा केन्द्रित भएरसम्पदाविद् रवीन्द्र पुरीसँगमाया श्रेष्ठले गरेको कुराकानीको सार :

*****

हामीलाई सबैले सहयोग गर्नु पर्ने हो, किन भने भोलेन्टियर्ली काम गर्छौं । हामीमा ठेक्कावाला जस्तो पैसा कमाउने उद्देश्य छैन । हाम्रो उद्देश्य देशलाई कसरी सुन्दर बनाउने भन्नेबाहेक अरू छैन । यहाँ दुर्भाग्यवस उल्टो हुन्छ उल्टो हुनुको कारण के हो भने हामीले सम्पदा निर्माण गर्छौं भनेपछि राजनीति गरेर ठेक्कापट्टावालाले कमिसन नपाउने हुँदा समन्वय गर्नुको सट्टा समस्या खडा गरिदिन्छन् । सबै जना त्यस्ता पनि छैनन् ।

*****

२०७२ को भूकम्पपछि घर तथा पुराना सम्पदाहरू परम्परागत्त शैलीमा पुनर्निर्माण किन सङ्ख्यात्मक रूपमा कम भए ?

देशको गरिबीको कुरा गर्छौं । त्यो भनेको ठूलो कुरा होइन । देशमा एक तिहाइ मात्र भ्रष्टाचार कम गर्ने हो भने अर्थतन्त्रमा नेपाल अगाडि बढ्न समय लाग्दैन । हामी कति धनी छौँ भन्ने कुरा हामीलाई थाहा छैन । नेपाल सांस्कृतिक तथा प्राकृतिक रूपमा धनी भन्ने कुरा कसैले याद गरेका छैन । नेपालजस्तै प्राकृतिक विविधता भएका राष्ट्रहरू विश्वमा धेरै कम मुलुक छन् । नेपाल क्षेत्रफलको हिसाबमा सानो देश भए पनि प्रकृतिक र सांस्कृतिक विविधतासँगै प्रत्येक जात र धर्म जस्तै गुरुङ, तामाङ, नेवार, तामाङ, शेर्पा लगायतका जातजातिको आआफ्नो संस्कृति संस्कार र भाषा भएका कारण आर्किटेक पनि फरक फरक छ । दुर्भाग्यवस नेपालमा रहेका सांस्कृतिक विविधतालाई चिन्ने मान्छे कम भए ।

पुराना सांस्कृतिक सम्पदाहरू धेरै विनास भयो, त्यसको लेखाजोखा  छैन । उदाहरणका लागि दोस्रो विश्वयुद्ध पछाडि काठमाडौँ उपत्यका संसारकै सबैभन्दा ठूलो र उत्कृष्ट सम्पदा क्षेत्र थियो । उपत्यकामा भएका घर, पाटीपौवा, धारा, मोठ मन्दिर प्रायः सबै सिङ्गो संरचना नै सम्पदा थियो । दोस्रो विश्वयुद्ध पछाडि विदेशबाट नेपाल घुम्न आउने प्रायः विदेशी पर्यटकले नेपाललाई सम्पदामा धनी राष्ट्र भनेको थिए ।

‘काठमाडौँ भ्याली इज द बिगेस्ट हेरिटेज साइट इन द वल्ड’  भनेर ४०, ४२ वर्ष अगाडिको भनिएका भए पनि आज ९५ प्रतिशत महत्त्वपूर्ण सम्पदाहरू नास गरिसकेका छौँ ।

कहिलेकाहीँ कस्तो लाग्छ भने मैले केही नजानेको नबुझेको भए आनन्दको जिन्दगी हुन्थ्यो होला, सम्पदा बुझेर झन् पीडा भयो । २०७२ आएको भूकम्पले क्षति पु¥याएका सम्पदालाई पुनर्निर्माणसँगै संरक्षण गर्ने ठूलो मौका भए पनि   फाइदा उठाउन सकिएन । भूकम्प पछाडि करिब ९ लाख घर निर्माण हुने भएको छ । त्यसमा ९ वटा घर पनि पुरानो शैलीमा बने कि बनेनन् ? सम्पदाको विषयमा कस्तो विडम्बना छ । ९ लाखमा १० प्रतिशत मात्रै नेपाली शैलीमा बनाउन पाएको भए ९० हजार घर पुराना कला कौशल प्रयोग गरेर मात्रै बनाएको भए पम्परागत्त सम्पदा भावी पुस्ताले देख्न पाउने थिए ।

जस्तै कास्की घान्दु्रक जम्मा ४० देखि ४५ वटा नेपाली शैलीमा निर्माण गरिएका घर हेर्नका लागि स्वदेशी र विदेशी पर्यटकको भीड लाग्ने गर्छ । १० प्रतिशत मात्रै पुरानो शैलीमा सम्पदा बनाउन सकेको भए ती स्थान पर्यटकीय स्थान बन्न सक्थे तर त्यो मौका हामीले दुर्भाग्यवस गुमायौँ । परम्परागत्त शैलीमा  सम्पदाहरू पुनर्निर्माण गर्ने हामी मात्रै हो जस्तो लाग्छ । जहाँ अहिले हामीले सिन्धुपाल्चोक, काभ्रे र भक्तपुरमा काम गरिरहेका छौँ । हाम्रो क्षमताले भ्याएसम्म नेपाली शैलीमा नै घर पुनर्निर्माण गरेका छौँ ।

सांस्कृतिक सम्पदाको जीर्णोद्धार तथा निर्माण गर्नेक्रममा समन्वय गरेर निर्माण कार्य सम्पन्न गर्न कतिको सहज छ ?

के भन्ने बिडम्बना हामीलाई सबैले सहयोग गर्नु पर्ने हो, किन भने भोलेन्टियर्ली काम गर्छौं । हामीमा ठेक्कावाला जस्तो पैसा कमाउने उद्देश्य छैन । हाम्रो उद्देश्य देशलाई कसरी सुन्दर बनाउने भन्नेबाहेक अरू छैन । यहाँ दुर्भाग्यवस उल्टो हुन्छ उल्टो हुनुको कारण के हो भने हामीले सम्पदा निर्माण गर्छौं भनेपछि राजनीति गरेर ठेक्कापट्टावालाले कमिसन नपाउने हुँदा समन्वय गर्नुको सट्टा समस्या खडा गरिदिन्छन् । सबै जना त्यस्ता पनि छैनन् ।

सम्पदा जीर्णोद्धार र निर्माण गर्दा समस्याहरू आउँछन् भन्नुभयो, जस्तै कस्ता कस्ता समस्या तथा अवरोध आए ?

पुनर्निर्माण गर्नेक्रममा अनेक किसिमका समस्याहरू छन् । हामीले नेपाली शैली अनुरूप साँगामा ५० वटा नमुना घर बनाउन लागेका छौँ । ढुङ्गा, इँटा र माटोको गरेर ३ वटा नमुना घर निर्माण गरेका छौँ । मोटोका घरहरू कच्चा हुन्छन् । भूकम्प प्रतिराधी हुँदैनन् भन्ने सोच नेपाली जनमानसमा छ । तर हामीले २०७२ सालको भूकम्पभन्दा अगाडि बनाएका थियौँ । ती तीन घरलाई भूकम्पले केही भएन । बनेपा नगरपालिकालाई त गौरवको विषय हो । बनेपा नगरपालिकाले सहयोग गर्नुपर्ने गरेन । आशापुरी भन्ने ठाउँमा खानी सञ्चालन गर्ने भन्ने सुनिएको छ ।  खानी  सञ्चालन भएसकेपछि टिपर गुडाउन नमुना घरमा लगाइएको पर्खाल भत्काउन खोजिएको छ । नियम अनुसार ७, ७ मिटर जग्गा छाडेर वाल लगाएका छौँ किनभने कुनै न कुनै दिन यहाँ सवारी चल्छन् भनेर । करोडाँै लगातमा बनाएको पर्खाल टिपर गुडाउन भन्दै भत्काउने भनिएको छ । आजभन्दा दुई वर्ष अगाडि त्यहाँको सडक विभागले वातारणीय अध्ययन गरेर त्यो स्थानको सडक ५.५ मिटरभन्दा बढी हुनहुँदैन भनिएको थियो । नियमलाई मिचेर समाजका गन्यमान्य नाफामुखी बन्न खोज्दा धेरै स्थानमा समस्या सिर्जना भएका छन् ।

*****

सबैभन्दा ठूलो कुरा के हो भने पुनर्निर्माण गर्न यहाँ पैसाको कमी पनि होइन । समस्या भनेकै सम्पदा के हो यसको संरक्षण र पुनर्निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको ज्ञान नै भएन । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म ज्ञान भएन । सम्पदासम्बन्धी जानकारहरूलाई खोजिँदैनन् । उल्टै सम्पदाविद्हरू खोज्दै जाँदा पनि सम्बन्धित पक्षले वास्ता गर्दैनन् । सबै ठाउँमा यस्तो हुँदैन ।

*****

सम्पदाहरू महत्त्वपूर्ण छन् संरक्षण गर्नुपर्छ भनेर स्थानीय तहका प्रमुखदेखि स्थानीय बासीन्दाहरू भूकम्प प्रतिरोधी र पराम्परागत शैलीमा स्थानीय स्रोत र साधनहरूको प्रयोग गरेर घर तथा अन्य सम्पदा पुनर्निर्माण गर्न सकिन्छ भनेर सल्लाह र समवन्य गरेर काम थालनी गर्नुपर्यो भनेर आउनुहुन्छ । सबैजना अवरोध तथा विरोध गर्छन् भन्ने छैन् । समवन्य गर्ने साथ दिनेहरू नभएका होइनन् ।  

भूकम्पका कारण उपत्यका लगायतका ठाउँमा सम्पदाहरू भत्किए । ती सम्पदालाई समयमा नै पुनर्निर्माण गर्न सरकारीले तगारुकता देखाएको छ जस्तो लाग्छ ?

सबैभन्दा ठूलो कुरा के हो भने पुनर्निर्माण गर्न यहाँ पैसाको कमी पनि होइन । समस्या भनेकै सम्पदा के हो यसको संरक्षण र पुनर्निर्माण कसरी गर्नुपर्छ भन्ने कुराको ज्ञान नै भएन । स्थानीय तहदेखि केन्द्रीय सरकारसम्म ज्ञान भएन । सम्पदासम्बन्धी जानकारहरूलाई खोजिँदैनन् । उल्टै सम्पदाविद्हरू खोज्दै जाँदा पनि सम्बन्धित पक्षले वास्ता गर्दैनन् । सबै ठाउँमा यस्तो हुँदैन । दोस्रो समस्या भनेको भ्रष्टाचार हो । त्यसपछि त्यहाँ लोभीपापीको कुरा आउँछ । भूकम्पपछि देशका सांस्कृतिक सम्पदामा ठूलो सङ्कट आयो । अझै पनि सम्पदाहरूमा कसैको आँखा नलागेको खण्डमा नेपालका सम्पदा जीर्णोद्धार गर्न धेरै समय लाग्दैन । दुर्भाग्यबस पुनर्निर्माणको नाममा लुट भइरहेको छ ।

सांस्कृतिक सम्पदाको पुनर्निर्माणको नाममा बेथिति सिर्जना भयो भन्नुभयो कस्ता खालका बेथितिहरू मौलाएको छ ?

भूकम्प आएपछि धेरै सम्पदा भत्किए । त्यो बेलामा धेरै पुराना सम्पदा भत्किँदा धेरै गाह्रो भयो । भत्किएका सम्पदा केही समयमै पुरानै शैलीमा झन् राम्रो बनाउन सकिएला भन्ने लागेको थियो तर त्यो भएन । कैयाँै घर बनेका छन् । घर बनाउनेले ३ लाख रूपैयाँ जसरी भए पनि लिने । प्रधिकरण र स्थानीय तहलाई त्यतिको सङ्ख्यामा घर बन्यो भन्ने भएको छ । सरकारले दिएको ३ लाख र हाम्रो सल्लाह र सहयोगमा बनेका घर अनि सरकारको पैसा त्यसमा अन्य  पैसा थपेर निर्माण गरिएका घरको तुलना गर्दा परम्परागत्त शैलीमा हामी निर्माण गरेका घर परिपक्व र चिटिक्क परेको छ । विडम्बना सरकार स्वयंको सहभागितामा बनाएका घरमा परम्परागत शैली र भरपर्दो तरिकाले निर्माण भएजस्तो मलाई लाग्दैन । सरकारसँग स्रोत, साधन, पहुँच सबै भएर पनि पुनर्निर्माणमा परिर्वतन आउन सकेनन् । पहिला भएका गल्ती सच्याएर अझ राम्रो बनाउन सकिन्छ कि भन्ने आस लगेको थियो तर त्यो भएन । भूकम्प प्रतिरोधी र मौलिक शैलीमा स्थानीय स्रोत साधन प्रयोग गरेर भौतिक संरचना बन्न नसक्नु नै बेथितिको कारण हो ।

भूकम्पले क्षति पुर्याएको सांस्कृतिक सम्पदाको पुनर्निर्माण कार्यलाई ललितपुर र काठमाडौँको तुलना भक्तपुर जिल्लामा काम गतिशील तरिकाले अगाडि बढेको छ भनिन्छ, के यो सही कुरा हो ?

छिटो त के ४ वर्ष भइसक्यो । भक्तपुुर नगरपालिकाका मेयर उपमयेर संस्कृति जोगाउनुपर्छ भन्ने मनसायको हुनुहुन्छ ।  तर उहाँहरू कहाँनिर चुक्नुभयो भने सम्पदा बनाउने क्रममा भित्र ढलान गरेर बाहिरी फेसलाई मात्रै राम्रो देखाएर भएनन् नि । नेवारी बस्ती हो । सम्पदा निर्माण गर्नेक्रममा नेवारी आर्किटेकमा सम्पदाको जग राख्दादेखि नै   विभिन्नथरीका ढुङ्गाहरू प्रयोग गरिएका हुन्छन् । जस्तै टेपुलो, काठको कुरा आउँछ निल, मेट, कुल, दलिन, कोलापु, बसी, जसी अनि इँटाको कुरा गर्ने हो भने नेवारी आर्किटेक्चरमा डेढ सयभन्दा बढी सम्पदा बनाउन ती वस्तुको प्रयोग गरिन्छ । ती सबै लोप भए । अहिले बनेका घरमा के छ भने बाहिरबाट डाछिपाह ढिअ देख्नुहुन्छ । भित्र गएपछि पिल्लर बिम, स्लापस हुन्छ । नगरपालिकाले नेवारी आर्किटेकलाई प्राथमिकता दिएर सम्पदाहरू बनाएनन् । यहाँ सांस्कृतिक बाजागाजाका सन्दर्भमा नगरपालिकाले धेरै राम्रो काम गरेको छ । संसारभरि नै उदाहरणीय बनेको छ । तर आर्केटक्चरमा चाहिँ भएका कला शैलीलाई पनि पुनर्निर्माणका क्रममा प्रयोग गरिएन ।

*****

राष्ट्र बैङ्कको भत्काइएको भवन बीस वर्ष अगाडि जीर्णोउद्धार गरेको भक्तपुरको नमुना घर भन्दा  २० गुना बलियो स्थितिमा थियो । त्यसलाई भत्काउनुपर्ने थिएन । औषधि उपचार गरेर पहिलाकै अवस्थामा फर्काउन सकिने थियो तर त्यो गरिएन । मैले ललितकला क्याम्पस अध्ययन गरेको हुँदा आफ्नै खालको भावनात्मक सम्बन्ध छ ।

*****

स्थानीय, प्रादेशिक र केन्द्रीय सरकार सम्पदाहरू जीर्णोद्धार तथा पुरानै मौलिक शैलीमा निर्माण गर्नु पर्यो भनेर सल्लाह तपाईंसँग माग्न आउँछन् ?

भूकम्पले सिंहदरबारमा क्षति पुर्यायो । सरकारले त्यसलाई भत्काउने निर्णय गर्यो । हामीले सिंह दरबार भत्काउनु पर्दैन । त्यसलाई पुनर्निर्माण गरेर पहिलेकै अवस्थामा फर्काउन सकिन्छभन्दा सुनुवाइ भएन । हामीलाई त्यहीँ समितिमा राखियो । समितिमा राखेर के गर्ने हाम्रा कुरा केही सुनुवाइ भएन । भूकम्प गएको ४ वर्ष भइसक्यो खाली कुरा हुन्छ काम केही हुन सकेको छैन । पुरानो शैलीमा बनेका घरलाई भत्काउनै पर्दैन । परम्परागत्त रूपमा बनाएका  घरमा क्षति हुनुभनेको बिरामी हुनु हो । बिरामी भएका मानिसलाई जसरी अप्रेसन साथै  औषधि उपचार गरेर निको हुने हुँदा सम्पदाहरू जहाँ जहाँ कमजोर भएका छन् त्यसलाई  फेरि तन्दुस्त बनाउने हो ।

राष्ट्र बैङ्कको भत्काइएको भवन बीस वर्ष अगाडि जीर्णोउद्धार गरेको भक्तपुरको नमुना घर भन्दा  २० गुना बलियो स्थितिमा थियो । त्यसलाई भत्काउनुपर्ने थिएन । औषधि उपचार गरेर पहिलाकै अवस्थामा फर्काउन सकिने थियो तर त्यो गरिएन । मैले ललितकला क्याम्पस अध्ययन गरेको हुँदा आफ्नै खालको भावनात्मक सम्बन्ध छ । ललितकला क्याम्पस भत्काउन पर्दैन त्यसलाई पहिलाकै अवस्थामा पक्की तरिकाले फकाउन मिल्छ भनेर कति लागे केही सिप लागेन । भत्काउनलाई ४५ लाखको टेन्डर गरेँ । क्याम्पसले  ४५ लाख पायो भने  ठेकेदारले त्यही भवन भत्काएर पुराना महत्त्वपूर्ण सामग्री बेचेर २ करोड बराबर हात पार्यो । पुनर्निर्माणका लागि भत्काइएका सम्पदामा ललितकला क्याम्पसको झैँ कथाव्यथा छ । कहिलेकाहीँ अचम्म लाग्छ मान्छेहरू लोभीपापी भए जस्तो लाग्छ । जहाँ हेर जे गर सबै स्थानमा त्यस्तै छ । कस्तो देशको माया नलागेको हो ।  अचाक्ली खाने नै मात्र । सम्पदा निर्माणको स्थिति देख्दा काहाली लगेर आउँछ । त्यो भन्दैमा फ्रस्टेड भएर बस्ने कुरा भएन । मान्छेले प्रोत्साहन गर्दा म सही बाटोमा हिँड्दै रहेछु है भनेर फरि काम गर्न मन लाग्छ ।

भूकम्पले गर्दा क्षतिग्रस्त भएका सम्पदालाई छिटै पुरानै अवस्थामा फर्काउन सरकारले कस्ता पहल कदमी चाल्नुपर्छ ?

 मैले बारम्बार भन्ने गरेका छु, धेरै बनाउन बाँकी छ । सम्पदा संरक्षण गर्नका लागि हामीसँग सीप, ज्ञान, जनशक्ति सबै भएर नै नमुना घर तथा सम्पदाहरू निर्माण गरिरहेका छौँ । भोकेसनल स्कुल २०१५ को जनवरीमा खोलेका थियौँ । भूकम्प आएपछि पुनर्निर्माणका लागि कालीगढलाई भ्याइनभ्याई भयो । सरकारले पुराना सांस्कृतिक सम्पदालाई पुरानै शैलीमा पुनर्निर्माण गर्नका लागि सम्पदाविद्सँग समवन्य गरेर व्यावहारिक रूपमै  काम गरेर देखाउन सक्ने क्षमता भए पनि तत्परता छैन ।

 सांस्कृतिक सम्पदा राष्ट्रको सम्पत्ति ठानेर सरकारले सांस्कृतिक सम्पदालाई संरक्षण पुनर्निर्माण गर्न सक्छ । सम्पदामा क्षतविक्षत भए । त्यसपछि पुनः त्यही शैलीमा  निर्माण गरिएन भने त्यसको अस्तित्व गुम्छ । त्यसैले सरकारले गम्भीर भएर ध्यान दिन जरुरी छ  । सबैमा सम्पदा भनेको के हो, जिज्ञासा हुनुपर्छ । पहेँलो धातु सबै सुन हुँदैन । आधुनिक शैलीमा बनाएका भौतिक संरचना जति सबै बलिया हुन्छन् भन्ने मानिसमा छाप बसेको छ । नेवारी आर्किटेक्चर संसारभरमा टप टेनभित्र  छ ।

यहाँ खोक्रो देशभक्ति मात्रै होइन काम गरेर देखाउने समय आएको छ ।  साढे पाँच सय वर्षअघिदेखि नेवारी आर्केटेक वा इको आर्किटेक्चर सुरु भएको पाइन्छ । पछिल्लो समयमा विश्वमा भौतिक सम्पदा निर्माण गर्दा इको आर्केटेक सुरु भएको छ । खै कसले बुझ्ने परम्परागत मैलिक सम्पदाहरूको महत्त्व ? आफ्नो कलाशैली संस्कृतिलाई लोप हुन नदिनका लागि सरकारले मौलिक सम्पदाका बारेमा जानकारहरूसँग समवन्य गरेर अगाडि बढ्न आवश्यक छ ।

 किन परम्परागत आर्किटेक्टरसम्बन्धी विषयमा कलेजहरूमा पाठ्यक्रम राख्न आवश्यक छ ?

भौतिक तथा पुरातात्विक सम्पदालाई संरक्षण तथा प्रवद्र्धन गर्न सरकारले परम्परागत आर्किटेकसम्बन्धी विषयमा कलेजमा कक्षा सञ्चालन गर्न आवश्यक छ । सरकार साथै निजी कलेजलाई विगत बीस वर्षदेखि घचघच्याउँदै आए पनि सुनुवाइ भएन । लामो समयको प्रयासपछि काठमाडौँ विश्वविद्यालयले परम्परागत आर्केटेक्चर अध्यापन गराउने सहमति जनाएको छ । त्यसका लागि पाठ्यक्रम पनि तयारी पर्ने काम अन्तिम चरण पुगेको छ । हाम्रो वास्तुशास्त्रले गृहस्थी र बस्तीको बारेमा बताउँछ । वास्तु विधि भने टेक्नोलोजी भयो । वास्तुकला भनेको ब्युटी क्रिएटिभिटी हो । ढलान गरेर निर्माण गरिएका भौतिक संरचनामा वास्तु शिल्पीका कुरा हुँदैन । त्यसैले सबै कुरा भएको यस्तो उत्कृष्ट परम्परागत आर्किटेक्चरलाई बुझ्न चासो दिइएन । यसभित्र कति ज्ञान छ, कति अध्ययन गर्नुपर्छ भन्ने कुरा सरोकारवाला व्यक्तिहरूले ध्यान दिएको जस्तो लाग्दैन ।

 

 

 

 

 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...