कृषिमन्त्री चक्रपाणि खनाल डिस्चार्ज
सोमबार, २३ भदौ २०७६, १६ : ०४

काठमाडौं–कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ डिस्चार्ज भएका छन् । डेंगुको संक्रमण देखिएपछि भदौ १८ गते राजधानीको ग्राण्डी अस्पताल भर्ना भएका उनी सोमबार डिस्चार्ज भएका हुन् ।
कृषि मन्त्रीका प्रेस संयोजक बोमलाल गिरीले स्वास्थ्य सामान्य बनेसँगै मन्त्री खनाल सोमबार डिस्चार्ज भएको जानकारी दिए ।
५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको ५६ जिल्लामा देखिएको छ । अहिलेसम्म ७ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्शदीपको नाममा नयाँ रेकर्ड
-
भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
-
पाकिस्तानमा केएफसीविरुद्ध प्रदर्शन, एकको मृत्यु
-
धवलशमशेरलाई रिहा गर्न प्रहरीले बोलायो परिवार
-
एक लाख बढी पर्यटकले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
-
भारतीय उपराष्ट्रपति धनखडले न्यायपालिकाबारे के भने जसले बहस निम्त्यायो?