बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

एसिड आक्रमणबाट पीडित मुस्कानको उपचार खर्च सरकारले बेहोर्ने

सोमबार, २३ भदौ २०७६, १५ : ४९
सोमबार, २३ भदौ २०७६

काठमाडौँ– एसिड आक्रमणबाट पीडित वीरगञ्जकी बालिका मुस्कान खातुनको उपचार खर्च २ नम्बर प्रदेश सरकारले बेहोर्ने भएको छ । 

२ नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउत र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले उपचाररत खातुनलाई सोमवार भेट्दै उपचार खर्च व्यहोर्ने जनाएका हुन् ।

मुख्यमन्त्री राउत र सांसद यादवले उनको उपचारमा कुनै कमी नहु नदिन अस्पताल प्रशासनलाई निर्देशन समेत दिएका छन् । मुख्यमन्त्रीले प्रदेश सरकारको तर्फबाट पीडितको उपचार खर्च बेहोर्ने जनाएको सांसद यादवले जानकारी दिए । ‘सम्पुर्ण खर्च मुख्यमन्त्रीज्युले बेहोर्न भनिसक्नु भएको छ । खर्चको अभावमा उपचार प्रभावित हुनुहुदैन’, मुख्यमन्त्रीलाई उधृत गर्दै सांसद यादवले बताए । 

शुक्रबार विहान करिव वीरगञ्जको गणेशमान सिंहचोकमा खातुनमाथि एसिड प्रहार भएको थियो । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत खातुन वडानम्बर २ छप्कैया निवासी रसुल अलीकी छोरी हुन् । उनको कीर्तिपुरस्थित नेपाल ‘क्लेफ्ट एन्ड बर्न सेन्टर’को आइसियूमा उपचार भइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप