शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा आर्थिक सहयोग हस्तान्तरण

सोमबार, २३ भदौ २०७६, १३ : ४९
सोमबार, २३ भदौ २०७६

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत प्रदेश नं. ३ धादिङ स्थित धार्के गाउँपालिका, वडा नं. ५ मा सन्चालित प्रेमसागर फाउण्डेशन नेपाललाई वित्तीय सहयोग प्रदान गरेको छ । 

उक्त आर्थिक सहयोगले फाउण्डेशनद्वारा धार्के गाउँपालिकामा सन्चालित जन भोजन कार्यक्रमअन्तर्गत दैनिक बालबालिका तथा अशक्त वृद्धवृद्धा गरी करिब ५०० जनालाई दैनिक निःशुल्क भोजन गराउँदै आएको र साथै करिब १५०० जना स्कुले बालबालिकाहरुलाई विद्यालयमै खाजा पुर्याउँदै आईरहेको सामाजिक कार्यमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

बैंकका महाप्रबन्धक अपुर्व प्रसाद जोशीले प्रेमसागर फाउण्डेशनका कोषाध्यक्ष दुर्गा दत्त घिमिरेलाई ५० हजारको चेक हस्तान्तरण गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप