मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

अब २ लाखभन्दा माथिको कारोबार गर्दा चेक काट्नुनपर्ने

रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली भोलिबाट लागु हुने
सोमबार, २३ भदौ २०७६, १२ : ०२
सोमबार, २३ भदौ २०७६

काठमाडौँ । अब २ लाख रुपैयाँभन्दा बढीको कारोबारमा चेक नचाहिने भएको छ । रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली शुरुवात भएपछि २ लाखभन्दा माथिको कारोबारको लागि चेक काट्न नपर्ने भएको हो ।

२ लाख कारोबारलाई स्वेच्छिक बनाइएको छ भने २० लाखभन्दा बढीको कारोबार गर्दा रियल टाइम ग्रस सेटलमेन्ट प्रणालीमार्फत् अनिवार्य रुपमा भुक्तानी गर्नुपर्नेछ ।

नेपाल राष्ट्र बैङ्कले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) लागु गरेको छ । योसँगै २ लाख बढीको कारोबारमा चेक नचाहिने व्यवस्था भएको हो ।

नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले ‘क’ वर्गका बैङ्कहरुका लागि मङ्गलबारबाट लागु हुने गरी प्रणालीको शुरुवात गरेको छ ।

यसका लागि भदौ १९ मा केन्द्रिय बैङ्कले आरटीजीएस नियम लागु गरेको थियो । विकास बैङ्क र फाइनान्स कम्पनीका लागि भने यसमा सहभागि हुनका लागि पुस मसान्तभित्र आवेदन दिनुपर्ने व्यवस्थ गरिएको छ ।

एउटा बैङ्कमा खाता भएको व्यक्तिले अर्को बैङ्कमा खाता भएको व्यक्तिलाई ठूलो परिणाममा भुक्तानी दिन यो प्रणाली लागु गरिएको हो । यसअघि चेकबाट मात्रै भुक्तानी हुन्थ्यो । जसको क्लियरिङ भुक्तानीको भोलिपल्ट मात्रै हुन्थ्यो । अब तत्काल क्लियरिङ हुन्छ ।

आरटीजीएसमा प्रत्यक्ष सहभागी भएका बैङ्कहरुले स्ट्रेट थ्रु प्रोसेसिङ (एसटीपी)मार्फत् कारोबार गर्नुपर्नेछ । तर केही बैङ्कहरु एसटीपी लागु गर्ने क्रममा रहेकाले यस सिस्टमको वेभ सर्भिसमार्फत म्यानुअल्ली पनि कारोबार गर्न सक्नेछन् ।

आरटीजीएस प्रणाली लागु भएपछि चेक चाहिँदैन । भुक्तानी गर्ने खातावालाले अर्को बैङ्कको खाता नम्बरमा यति रकम भुक्तानी गरिदिनु भन्ने आदेश दिनेबित्तिकै भुक्तानी हुन्छ । भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रले २ लाखभन्दा बढीको कारोबार र २० लाख भन्दा बढीको कारोबार गर्दा आरटिजिएस प्रणालीमार्फत गर्नुपर्ने बताए ।

उनका अनुसार २ लाखभन्दा बढी कारोबार गर्दा स्वेच्छिक र २० लाखभन्दा बढीको कारोबार गर्दा अनिवार्यरुपमा प्रणालीमार्फत् गर्नुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप