शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता

सोमबार, २३ भदौ २०७६, ११ : २९
सोमबार, २३ भदौ २०७६

श्रीमतीको फोटो अनलाइनमा हाल्ने श्रीमानविरुद्ध मुद्दा दर्ता गरिएको छ । सम्बन्धविच्छेदको मुद्दा अघि बढिरहेका बेला श्रीमतीको अनुमती बिना श्रीमानले इन्टरनेटमा फोटो हालेपछि उनीविरुद्ध शनिबार मुद्दा दर्ता भएको हो ।

पुलिसका अनुसार भारतको फारुखनगरमा बस्ने ३० वर्षीया महिलाले १२ वर्ष अघि आरोपीसँग विवाह गरेकी थिइन् ।

पुलिसलाई दिएको उजुरीमा महिलाले उक्त तस्बिर बेइज्जत गर्नका लागि इन्टरनेटमा राखिएको दाबी गरिन् ।

नाम नखुलाउने शर्तमा अनुसन्धानमा संलग्न एक पुलिस अधिकारीले भने, ‘आरोपीले सोसल मिडिया प्लेटफर्ममा फोटो अपलोड गरेका हुन् । पीडितले बताए अनुसार उनको फोटो अरु कोही व्यक्तिको प्रोफाइलबाट अपलोड गरिएको हो । आरोपीले आफ्नो बेइज्जत गर्ने उद्देश्यसहित यस्तो गरेको उनले दाबी गरिन् ।’

पुलिसका अनुसार ती महिलाले सुरुमा साइबर क्राइम पुलिसलाई यसबारे जानकारी दिएकी थिइन् । उनको गुनासो पुष्टिपछि महिला पुलिस स्टेशनमा फरवर्ड गरिएको पुलिसले जानकारी दिए ।

महिला पुलिस स्टेशनकी स्टेशन आवर अफिसर कविताले भनिन्, ‘आरोपीलाई पक्राउ गर्न बाँकी नै छ । उक्त उजुरी साइबर क्राइम पुलिस स्टेशनबाट पाइएको हो । हामी पीडितको नीजि फोटो कसले अपलोड गर्यो र यसको उद्देश्य के थियो भनेर अनुसन्धान भइरहेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप