बाजुरामा करोडको स्याउ बारीमै थन्कियो

सडकको सहज पहुँच नहुँदा करोडको स्याउ बारीमै थन्किएपछि किसान चिन्तित बनेका छन् । मार्तडी कोल्टी सडक वर्षात्का कारण अवरुद्ध बनेपछि ढुवानी समस्याकै कारण करोड मूल्यको स्याउ बारीमै थन्किएको हो ।
जिल्लाको स्वामिकात्तिक, जगन्नाथ गाउँपालिकाबाट पिलुचौर ल्याएर ढुवानी गर्ने सोच बनाएका स्याउ किसानको सपना समयमै सडक नखुल्दा टुटेको छ ।
जिल्लामा एक हजार ५० मेट्रिक कटन स्याउ उत्पादन हुने तथ्याङ्क छ । बारीमै रु १५ किलोमा बिक्री गर्दा पनि किसानको हातमा रु पौने दुई करोड पर्नुपर्ने हो, तर किसानले सडक समस्याकै कारण वर्षेनी नोक्सानी बेहोर्न बाध्य छन् ।
४३ किलोमिटर मार्तडी कोल्टी सडकका लागि रु ३५ करोड बढी खर्च गरी सकिएको छ । तर पनि हरेक वर्षात्मा बाटो बन्द हुने गरेको छ ।
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यो वर्ष स्याउ उत्पादन बढेको छ । यकिन तथ्याङ्क नआएपनि २० प्रतिशतले उत्पादन बढेको अनुमान केन्द्रले गरेको कृषि प्रसार अधिकृत एवं सूचना अधिकारी मीनप्रसाद जैशीले बताए ।
स्याउ बारी नजिक उचित बजार नहुनु र मार्तडी कोल्टी सडक बन्द हुनु किसानका लागि अभिसाप बनेको छ ।
बारीमै कुहिएर, आफन्तलाई दिएर वा आफूले खाएर पनि रु डेढ करोडको स्याउ उत्पादन हुने गरेको छ । जिल्लाको २३० हेक्टरमा स्याउखेती गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्गा प्रसाईं र रवीन्द्र मिश्र सहित सहित २४ जनालाई थप ३ दिन हिरासतमा राख्न अनुमति
-
पहलगाममा आतङ्कवादी हमला : राप्रपाद्धारा दुःख व्यक्त
-
विद्युत् व्यवस्थापन गर्न नसकेको प्राधिकरणको स्वीकार, नदीमा छिट्टै बहाव बढ्ने आस
-
पूँजीगत खर्च गर्ने दायित्व सम्बन्धित मन्त्रालयको हाे : अर्थमन्त्री
-
अर्थमन्त्रीलाई सांसद चौधरीको सुझाव : निर्माण रोकिएका परियोजनाहरूलाई सम्पन्न गर्न लाग्नुस्
-
कसले गर्यो केपी ओलीविनाको ‘एमाले’ कल्पना ?