रामोसको किर्तिमानमा स्पेन अपराजित
कप्तान सर्जियो रामोसको किर्तिमानी खेलसँगै स्पेनले युरो कप छनोटमा अपराजित यात्रा जारी राखेको छ । समूह ‘एफ’ अन्तर्गत आइतबार राति भएको खेलमा स्पेनले फरोय आइल्यान्डलाई ४–० गोलले हरायो ।
यस खेलसँगै रामोस स्पेनिस फुटबलमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् । रामोसले फरोय आइल्यान्डविरुद्ध स्पेनका लागि एक सय ६७ खेल खेले । उनले गोलरक्षक इकर कासिलासको कीर्तिमान बराबरी गरेका छन् ।
घरेलु मैदानमा स्पेनको जितमा रोड्रिगो र पाको अल्कासेरले दुई दुई गोल गरे । १३औं मिनेटमा रोड्रिगोले खाता खोलेका थिए । रोड्रिगोले ५०औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनको अग्रता दोब्बर बनाए । दोस्रो हाफको इन्जुरी समयमा अल्कासेरले लगातार दुई गोल गर्दै स्पेनलाई फराकिलो जित दिलाए ।
समूह ‘एफ’ कै अर्को खेलमा स्वीडेन र नर्वेले १–१ गोलको बराबरी खेल्दै अंक काँडेका छन् नर्वेले स्टेफन जोहान्सनको ४५औं मिनेटमा अग्रता लिएको थियो । स्वीडेनका एमिल फोर्सबर्गले ६०औं मिनेटमा बराबरी गोल फर्काएका थिए । अर्को खेलमा रोमानियाले माल्टालाई १)० गोलले हरायो । रोमानियाको जितमा जर्ज पुस्कासले ४७औं मिनेटमा गोल गरेका थिए ।
जितसँगै शीर्ष स्थानमा रहेको स्पेनले ६ खेलबाट १८ अंक बनाएको छ । ११ अंक बनाएको स्वीडेन दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रोमानियाको १० अंक छ । नौ अंक बनाएको नर्वे चौथो स्थानमा छ । माल्टाको तीन अंक सहित पाँचौं स्थानमा छ । फारोय आइल्यान्डले खाता खोल्न सकेको छैन ।
यसैगरी समूह ‘डी’ को खेलमा डेनमार्क र जर्जियाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । अर्को खेलमा स्टीट्जरल्यान्डले गीवरल्टारलाई ४–० गोलले हराएको छ । यस समूहमा पाँच खेलबाट ११ अंक बनाएको आयरल्यान्ड शीर्ष स्थानमा छ । समान खेलबाट नौ अंक बनाएको डेनमार्क दोस्रो स्थानमा छ । स्वीट्जरल्यान्डको आठ र जर्जियाको चार अंक छ । गीवरल्टार अंकविहिन अवस्थामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असारसम्म आयोजना स्थल नछोड्न आयोजना प्रमुखहरूलाई भौतिक मन्त्रीको निर्देशन
-
उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न संघीय सरकारले मात्रै सक्दैन : अर्थमन्त्री पुन
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद