दुई वर्षसम्म पनि बनेन आकाशेपुल

आकाशेपुल निर्माण गर्ने ठेक्का पाएको निर्माण व्यवसायीले दुई वर्ष बितिसक्दासम्म सो पुल बनाउन शुरू गरेको छैन।
पटक–पटक ताकेता गर्दा पनि ठेक्का लिएको पूर्णचण्डी–महर्जन–ड्रामा जेभीले काम अघि बढाउन आनाकानी गरिरहेको काठमाडौं चक्रपथ सडक सुधार आयोजनाले जनाएको छ। आयोजनाका इन्जिनियर निरञ्जन शर्माले चारपटक पत्र काटिसकेको बताए ।
चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको कलंकी–कोटेश्वर सडक खण्डका विभिन्न स्थानमा आकाशेपुल आवश्यक देखिएकाले सडक विभागअन्तर्गतको उक्त योजनाले यात्रुको चाप भएको सडकको मुख्य चोकमा दुई प्याकेजमा यस्ता पुल बनाउन ठेक्का लगाएको थियो।
सम्झौताअनुसार गत पुसमा उक्त काम गरिसक्नुपर्ने भए पनि कुनै काम हुन सकेको छैन। जब कि १५ करोडमा ठेक्का पाएको उक्त जेभीले त्यसका लागि पाँच प्रतिशत रकम अग्रिम भुक्तानी लिइसकेको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एस्टन भिल्ला च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा
-
राजावादी सक्रीय भएपछि माधव नेपालको पार्टीले गर्यो सङ्घर्ष गर्ने निर्णय
-
नेपालका १२५ भाषाको लेखन सहजताका लागि एउटै ‘फन्ट’ निर्माण
-
विराट गोल्डकपको उपाधि थ्रीस्टारलाई
-
फराकिलो जित निकाल्दै च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्यो आर्सनल
-
बोरुसिया डर्टमण्ड च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग